Tue. Apr 23rd, 2024

आसुशेन फिल्मसको ब्यानरमा निर्माण भएको ‘प्रेमगीत २’ मा समाबेश ‘मोटरसाइकलमा’ बोलको क्लब सङ्ग सार्वजनिक भएको छ । गीतमा फिल्मका लिड नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का एक डान्स क्लबमा मस्ती मूडमा देखिएका छन् । गीतको भिडियोमा नायक प्रदीपले नायिका स्वस्तिमालाई आफ्नो बुलेट बाइकमा राखेर शहर घुमाउने इच्छा व्यक्त गरेका छन् ।श्रावण १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’ बर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’ को सिक्वेल हो l सार्वजनिक गीतमा इन्दिरा जोशी र प्रताप दासको स्वर छ भने राजेश कुमार श्रेष्ठ र बबिनको शब्द र एलिस कार्कीको संगीत सुन्न सकिन्छ । भिडियोकी कोरियोग्राफर रेनिशा वान्तवा राई हुन् । यो फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, भुवन चन्द, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।यसअघि सार्वजनिक भएको फिल्म ‘प्रेमगीत २’ को शिर्ष गीत ‘कहानी यो प्रेमगीत को’ लाई पनि दर्शकहरुले अहिले खुबै मन पराइरहेका छन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्मको कथा पनि स्वयम् निर्देशक पाठक आफैले नै लेखेका छन्।

Leave a Reply

%d bloggers like this: