Tue. Jun 6th, 2023

असार २३ गतेबाट रिलिज हुन लागेको फिल्म’धनपति’ को फस्ट लुक पोष्टर रिलिज भएको छ । ‘धनपति’ को फस्ट लुक पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको हुन्छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्नुको अलावा उसँग अन्य आयस्रोत छैन । ऊ आफ्नो इमान बेच्न चाहदैन । ‘धनपती’ छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ ।’ फिल्म’पशुपति प्रसाद’को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा फिल्म ‘धनपति’ निर्माण गरेको lओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहेका छन् । फिल्मका निर्माता रोजिना सिटौला हुन् । फस्ट लुक सार्वजनिक गर्दै फिल्मका मुख्य कलाकार एवं लेखक खगेन्द्र लामिछानेले भने, ‘पशुपति प्रसाद हेरिसक्नु भएका दर्शकले मबाट अलि बढी अपेक्षा राख्नुलाई मैले स्वभाविक रुपमा लिन्छु । मलाई विश्वास छ दर्शकको त्यो अपेक्षालाई ‘धनपति’ले पुरा गर्नेछ ।’ खगेन्द्र लामिछानेको लेखन तथा शिर्ष भुमिका छ । फिल्ममा खगेन्द्र र सुरक्षाका अलवा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।

Leave a Reply

%d bloggers like this: