Sun. Dec 22nd, 2024

प्रदर्शनरत फिल्म ‘लभ लभ लभ’ निर्मात्री सर्मिला पाण्डेले दोश्रो फिल्म निर्माणको घोषणा गरेकी छन् ।उक्त नयाँ फिल्म निर्देशक दीपेन्द्र के खनालले नै निर्देशन गर्ने भएका छन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डेले उनलाई विश्वास गरेर नयाँ प्रोजेक्ट सुम्पिएकी छिन् । कथाको काम अनुसार यो फिल्मको बजेट ५ करोड लाग्ने पक्का छ भने यो फिल्मलाई ५ करोड बजेटमा बनाउन आफु तयार रहेको शर्मिलाको भनाई छ । उनले, आउँदो शनिबार फिल्मको घोषणा गरिने र देश तथा विदेशमा फिल्म खिचिने स्पष्ट पारिन् ।कलाकार तथा प्राविधिक भने केही दिनमा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिनेछ । सुरज सिने आर्टसले निर्माण गर्ने नयाँ फिल्ममा सुरज अर्थात ‘लभ लभ लभ’ का हिरो भने खेल्ने छैनन् । उनी निर्माताको रुपमा मात्रै संलग्न हुनेछन् । फिल्म ‘लभ लभ लभ’ मा सुरजको भूमिका र अभिनयलाई दर्शकले मन पराएका छन् । सुरजको अपोजिटमा प्रस्तुत भएकी नायिका स्वस्तिमा खड्काको कामलाई पनि दर्शकले स्यावासी दिएका छन् ।

Leave a Reply