Wed. Apr 24th, 2024

आँटे असम्भव भन्ने कुरा यो संसारमा केहि छैन यस्तै नेपाली फिल्म उद्योगका दुइ हस्ती अराज केशव र मोहित मुनालले वान सटमा दुई नेपाली फिल्म ‘जालो’ र ‘जालो रिर्टन्स’ निर्माण गरि प्रमाणित गरीदिएका छन् । वान सटमा दुई फिल्म एकसाथ खिचिएको विश्वमै यो पहिलो पटक हो l ३ घण्टा ५३ सेकेण्डसम्म क्यामेरा अफ नगरि खिचिएको दुई फिल्म मध्ये ‘जालो’को बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ निर्माणपक्षबाट प्राप्त जानकारी अनुसार,शुरुमा जालो रिलिज हुनेछ भने ‘जालो’ रिलिजको एक बर्षपछि ‘जालो रिर्टन्स’ हलमा लाग्नेछ।’जालो’रिलिजपछि गीनिज बुकमा नाम दर्ता गराउन प्रक्रिया अगाडी बढाइने निर्देशक अराज केशवले जानकारी दिए । उनका अनुसार दुबै फिल्मको समय २-२ घन्टा रहेको छ ।जेठ १९ गतेलाई रिलिज डेट तय गरिएको ‘जालो’ पूर्ण व्यवसायिक मनोरञ्जनात्मक फिल्म बनेको निर्देशक अराज केशवले ट्रेलर रिलिज कार्यक्रममा बताए । त्यस्तै, फिल्मका निर्माता मोहित मुनालले भने हामीले गरेर देखाएका छौं अब दर्शकहरुको साथ र मायाको खाँचो छ ।’ ‘जालो’ र ‘जालो रिर्टन्स’ लाई मोहित र अराजले मिलेर निर्माण गरेका हुन भने फिल्मको कथा निर्देशक अराज आफैले लेखेका हुन भने ३ घण्टा ५३ सेकेण्डसम्म क्यामेरा अफ नगरि ‘जालो’ र ‘जालो रिर्टन्स’ लाई हरी घले लामाले खिचेका हुन ।यी दुवै फिल्ममा नीर शाह, अनुप विक्रम शाही, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन, लक्ष्मी गिरी लगायतका ४० भन्दा बढी कलाकारहरुको मुख्य भूमिका छ ।
https://www.youtube.com/watch?v=0rQ7wD_rxVo

Leave a Reply

%d bloggers like this: