Sat. Jun 22nd, 2024

प्रदर्शनमा आएयता फिल्म ‘लप्पन छप्पन’ले राम्रो विजनेस गर्न सफल भयो । पहिलो दिन नै सुखद ओपनिङ गरेको फिल्मले प्रदर्शनको तीन हप्तामा ४ करोड बढिको विजनेस गरेको निर्माण पक्ष र वितरकले जानकारी दिएका छन् । फिल्म वितरक गोविन्द शाहीले राजधानी र मोफसलबाट फिल्मले तीन हप्तामा टोटल ४ करोड कलेक्सन गर्न सफल भएको भन्दै फिल्मले अझै सुखद निरन्तरता लिरहेको बताए lफिल्मले देशभरका विभिन्न हलमा हाउसफुल विजनेस गरि रहेको र दर्शकहरुले दोहोरयाई दोहोरयाई फिल्म हेरिरहेको दर्शक प्रतिक्रियाबाट जानकारी प्राप्त भएको छ।मल्टिप्लेक्स अनि सिंगल स्कृन दुबैतिर दर्शकले फिल्मलाई राम्रो साथ दिएका छन्।मुकुन्द भट्ट निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा जस्ता मल्टिस्टारको बाहुल्यता रहेको छ भने उल्लेखित तीन अनुहारसँगै बर्षा शिवाकोटी, सिड खरेल र प्रकाशजंघ शाह लिड अभिनयमा छन् ।

Leave a Reply

%d bloggers like this: