Wed. Apr 24th, 2024

दर्शकलाई नयाँ बर्षको शुभकामना स्वरुप फिल्म ‘हिरो रिटन्र्स’को टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा एक्सनलाई महत्व दिइएको छ । रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा सरोज खनालको खलनायकि भूमिका देख्न सकिन्छ । आशिष भेटवालले निर्देशन गरेको फिल्ममा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन् । फिल्ममा मदनकाश्यप घिमिरेको छायांकन, मित्र गुरुङको सम्पादन, शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद र चन्द्र पन्तको एक्सन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा टंक वुढाथोकीले संगीत भरेका छन् । नायक सविन श्रेष्ठको निर्माण रहेको चलचित्र ‘हिरो रिटन्र्स’को टीज़रमा खतरनाक एक्शनको दृश्यहरु समाबेश गरिएको छ।

Leave a Reply

%d bloggers like this: