Sun. Feb 23rd, 2025

नयाँ बर्षको अवसरमा गए राति “न्यु ईयर ईभ- म्युजिकल नाईट” कार्यक्रममा चलचित्र ‘सायद २’को ट्रेलर सार्वजनिक गरिएको छ ।दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म “सायद २” को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ ।चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।निर्माता सुनिल रावलले यस अघि ‘सायद’ , ‘होस्टल’ र ‘होस्टल रिर्टन्स’ जस्ता सुपर हिट चलचित्र निर्माण गरि सकेका छन् ।ट्रेलर सार्वजनिक कार्यक्रमा चलचित्रमा सबै कलाकार तथा निर्माता सुनिल रावलको उपस्थिति रहेको थियो ।कार्यक्रममा निर्माता सुनिल रावलले आफ्नो यस अघिको चलचित्र भन्दा यो चलचित्र अझै राम्रो बनेको बताउनु भयो। ईण्टरनेसनल क्लब, सानेपामा सम्पन्न सो कार्यक्रममा दर्शकले चलचित्रको ट्रेलर हेरे पछि ट्रेलर निकै राम्रो बनेको भन्दै चलचित्र हेर्ने समेत बताएका छन् ।कार्यक्रममा उपस्थिति दर्शकले ट्रेलर हेरी सके पछि “ओनस मोर”भनेर हुटिंग गरे पछि ट्रेलर पुन देखाहिएको थियो।

Leave a Reply