Sat. Apr 27th, 2024

‘प्रेमगीत-२’ को शीर्ष गीत ‘कहानी यो प्रेमगीतको’ सार्वजनिक भए लगतै युट्युबमा भाइरल भएको छ । एक दिनमा ८ लाख भिअर्स बटुल्न सफल उक्त गीतले नया कीर्तिमानी कायम गरेको छ । अहिले सम्म यस्तो रेकर्ड कुनै पनि गीतले राख्न नसकेको जानकारी प्राप्त भएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यो गीतमा श्रेया सोताङ तथा रोहित जोन क्षेत्रीको स्वर छ । रक ब्याण्ड १९७४ एडीका लिड भोकलिस्ट समेत रहेका क्षेत्रीको यो पहिलो पाश्र्वगायन हो । अमृत मरहठ्ठाद्धारा लिखित शब्दमा प्रेमको मीठास महसुस गर्न सकिन्छ । कल्याण सिंहद्धारा संगीतबद्ध गीतमा अभिनेत्री अश्लेषा ठकुरी तथा अभिनेता प्रदीप खड्काले अभिनय गरेका छन् । थाइल्यान्डको मनोरम समुन्द्री तट, गुफा, तलैया र नदीलाई आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।
पुरुषोत्तम प्रधानद्वारा छयांकन गरिएको यो चलचित्रमा नेपाल र म्यानमारका दुई पात्रबीचको प्रेम, संघर्ष चित्रण गरिएको छ । साउन १३ गतेदेखि प्रदर्शन हुने यो चलचित्रलाई रमशरण पाठकले निर्देशन गरेका हुन् । ‘आशुसेन प्रोडक्सन’को ब्यानरमा सन्तोष सेनले यसलाई निर्माण गरेका हुन् ।
 
 

Leave a Reply

%d bloggers like this: