गत भदौमा रिलिज भइ दर्शकको मन जितेको तथा नेपाली वक्सअफिसमा सफल विजनेस गरकेो फिल्म ‘वीर विक्रम’को सिक्वेल निर्माण घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले सिक्वेल निर्माणको पुष्टि गरे ।
दर्शकले हलमा रिलिजको समयमा अनि युट्युवमा आउँदा दिएको माया त साथले सिक्वेल निर्माणको लागी प्रेरित गरेको चाम्सको भनाई छ । उनका अनुसार फिल्म बर्ष २०१७ को अन्त्यतिर अर्थात नेपाली महिना अनुसार आउँदो मंसिर महिनाबाट फ्लोरमा जानेछ ।

प्रि प्रोडक्शनको सबै काम सकाएर तथा कथालाई मजबुद बनाउँदै सबै कलाकारको अभिनयमा निखारता लिएर नै फिल्मलाई फ्लोरमा लैजाने चा्सले बताए । फिल्ममा कथा यम थापाको रहने छ । निर्देशक चाम्सले थापालाई पाँच लाख रकममा स्कृप्टको लागी अनुबन्ध गरेको दाबी गरेका छन् ।
