Fri. Mar 29th, 2024

एक्सन अवतारमा प्रस्तुत हुँदै आएकी रेखा ‘पलाँस’ एक कोठी गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् रेखालाई दर्शकले शिक्षिकादेखि कल गर्ल सम्मको भूमिकामा देख्न पाउनेछन् ।रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म ‘पलाँस’ नारी प्रधान फिल्म हो । जसमा रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । निर्मात्री कृषा चौंलागाईंले ‘पलाँस’ लाई रेखाले गर्दै आइरहेका फिल्महरु भन्दा भिन्न रहेको बताउँदै आइरहेकी छिन् ।लगभग डेढ बर्षको अन्तरालपछि रेखा थापा फेरी फिल्म industry मा उदाएकी छिन l आउँदो शुक्रबार रेखा स्टारर फिल्म ‘पलाँस’ रिलिजको लागी तयारीमा छ । सार्वजनिक ट्रेलरले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ । त्यसैले लामो समय अन्तरपछि आउँदै गरेकी रेखाको ईन्ट्री हेर्न लायक हुनसक्छ । रेखा छुट्टै प्रस्तुति ल्यायर पुन नेपाली फिल्म उद्योगमा तहल्का मच्चाउन औदैछिंन पलाँस रेखा थापाको अहिले सम्मका फिल्म मध्ये फरक रहेको छ कतिले रेखालाई फिल्म मार्केट चिन्ने सिपालु नायिका भनेर चिन्दछन l
कृषा चौलागाइको निर्माणमा तयार भएको फिल्म सुवास कोइरालाले निर्देशन गरेका हुन् ।सिंगल र मल्टिप्लेक्स दुबै हलमा लाग्ने ‘पलाँस’ले रेखाको स्टारडमको फाईदा उठाउनेमा निर्माण टिम आशावादी छ । त्यसो त हालसम्मकै फरक अभिनय समेटिएको भनिएको फिल्मले रेखा खोज्दै हलमा जाने दर्शकमा अर्को उत्साह थप्नसक्ने अनुमान छ ।

Leave a Reply

%d bloggers like this: