Thu. Apr 25th, 2024

काठमाडौं, १९ चैत । गायक प्रमोद खरेलको एउटा नया“ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देशनमा ‘लाईदेउ न मायाले’ बोलको गीत गाएका छन् ।
डिपी खनाल यो गीतका रचनाकार हुन् । साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको निकै खर्चिलो म्युजिक भिडियोलाई गायक खरेलले आज शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । दिक्षा क्रिएसनले निर्माण गरेको यो भिडियोको सम्पादक निशान घिमिरे हुन् ।
यसअघि झुम्कावाली तथा चल बतास चल जस्ता डान्सिङ नम्बरबाट स्रोताको उत्साहजनक साथ पाएका गायक खरेलले ‘लाईदेउ न मायाले’ गीतको म्युजिक भिडियोमा अहिलेकी नम्बरवान नायिका प्रियंका कार्कीको साथ पाएका छन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की निकै हट देखिएकी छिन् । भिडियोमा गायक खरेल तथा अभिनेत्री कार्कीले रोमान्टिक शैलीमा अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा अभिनय गरेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै अभिनेत्री कार्कीले आफु गायक प्रमोद खरेलको म्युजिक भिडियोमा काम गर्दा सधैं उत्साहित हुने धारणा व्यक्त गरिन् ।
 

Leave a Reply

%d bloggers like this: