Thu. Jan 23rd, 2025

मनोरंजनसंसार डटकम
लामो समय देखि अमेरिकाको बसाईमा रहेर नेपाली गीत संगीतमा योगदान दिदै आइरहेका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । “सरर मिनी बस” बोलको उक्त गीतमा शब्द रचना गोपी दाहालको रहेको छ भने संगीत राजन राज शिवाकोटीको रहेको छ । गीतमा स्वर पनि रचनाकार गोपी दाहालको रहेको छ भने गीतलाई अरेन्ज गर्ने काम आमोस तामाङले गरेका छन् । रचनाकार गोपी दाहालले यसै गीत मार्फत गायन कलामा पनि आफ्नो प्रतिभा अगाडी सारेका छन् । उनले यस अघि नै आफ्नो एक गीत देखि म्युजिक भिडियो निर्देशन तर्फ पनि आफ्नो पाईला अगाडी बढाई सकेका छन् । तसर्थ यतिबेला हामी उनलाई रचनाकार , गायक र निर्देशकको उपाधि दिन सक्छौ ।
gopi-dahal
उनको यस नया गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ । राजिव के श्रेष्ठको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकनको साथमा श्रेया कार्की र सुशान्त कार्कीले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । पहिलेको भन्दा केहि फरक रमाइलो शैलीमा तयार भएको गीतलाई दर्शक श्रोताहरुले यतिबेला मनपराई रहेको अवस्था छ । निकै नै राम्रो बनेको म्युजिक भिडियोले दर्शकहरुको मन जित्ने कुराको संकेत देखिन्छ । गीतको म्युजिक भिडियोमा नृत्यको काम भने अल इन वान ग्रुपको रहेको छ ।
gopi-dahal
धेरै लामो समयको अनुभव नेपाली गीत संगीतमा बटुलेका रचनाकार गोपी दाहालले हरेक पल्ट केहि नया प्रस्तुति दर्शक श्रोता माझमा राख्ने प्रयास गरेका छन् । उनि धेरै हद सम्म सफल समेत भएका छन् । उनको रचनाहरु केहि फरक भए संगै धेरै दर्शक श्रोताहरुको मनमा उनको छुट्टै किसिमको पहिचान समेत कायम भईसकेको छ । बिदेशी भुमिको त्यो ब्यस्त जीवनको बखतमा पनि उनले केहि समयको अन्तरालमा नया नया प्रस्तुति लिएर आइनै रहेका छन् । उनको प्रस्तुतिहरुलाई धेरै दर्शक श्रोताहरुले आत्मसाथ गरिरहेको अवस्था पनि यतिबेला रहेको छ । यहि हिसाबले अझै अगाडी राम्रा राम्रा प्रस्तुति बाहिर लिएर आउने कुरा पनि बताए ।
gopi-dahal
बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनले दिइरहेको योगदान अतुलनीय नै रहेको छ । हामीले आफ्नो ठाउँ देखि आफ्नो कला संस्कृतिको उत्थान गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडी बढेका उनले नेपाली युवाहरुलाई समेत नेपाली गीत संगीत प्रति जागरुक बनाउने काम अमेरिकामा गरिरहेका छन् । यस्तै नेपाली गीत संगीतलाई अमेरिकामा तीव्र रुपमा विस्तार गर्ने काममा पनि उनि निकै तत्पर छन् । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले आफ्नो जीवन यसमा नै व्यतित गर्ने कुरा पनि बताए । यस्तै आगामी दिनहरुमा अझै राम्रा राम्रा प्रस्तुति बाहिर लिएर आउने प्रयास सधैब गर्ने कुरा पनि उनले बताए । यस्तै उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर प्रतिक्रियाको साथमा अगाडी बढ्ने हौसला प्रदान दिनुहुन र सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गरि यसको जगेर्ना समेत गरिदिनुहुनको लागि हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply