Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन १३ गते देखि प्रदर्शन सुरु गरेको चलचित्र “लुट २” ले पहिलो हफ्ता ब्लक्बस्टर व्यापार गरेको छ | उच्च व्यापारको साथमा चलचित्रले दर्शकहरुको मन पनि जितेको छ | पहिलो हफ्तामा मात्रै चलचित्रले ६ करोडको ब्यापारको आकंडा पार गरेको छ | चलचित्रको पहिलो हफ्ता काठमाडौँ उपत्यका मात्र नभएर मोफसलको व्यापार पनि राम्रो रहयो | यस्तै उपत्यका बाहिरको दर्शकहरुले पनि चलचित्रलाई अधिक मनपराएको कुरा बाहिर आएको छ | पहिलो हफ्ताको अन्त्य सम्म पनि चलचित्रले उपत्यका भित्र र बाहिर मल्टिप्लेक्स देखि सिंगल थिएटर सम्म हाउसफुल शो गर्यो | दर्शकहरु चलचित्र हेर्न उर्लेर आए |
loot-2
यहि गतिमा चलचित्रले आफ्नो दोस्रो हफ्तामा प्रवेश गरेको छ | दोस्रो हफ्ताको प्रवेश सुखद रहयो | चलचित्रले दोस्रो हफ्ताको सुरुवात पनि हाउसफुल देखि नै गर्यो | चलचित्र हेर्ने दर्शकहरुको त्यति धेरै कमि भने आएको छैन | चलचित्रले माउथ अफ पब्लिसिटी पनि निकै नै राम्रो प्राप्त गर्यो | ४ बर्ष अगाडी नेपाली चलचित्र क्षत्रलाई सहि मार्ग दर्शन दिएको यस चलचित्रको पहिलो भाग “लुट” ले ब्राण्डको नाम स्थापित गर्यो | अहिले आएर यसको दोस्रो भाग ले पनि त्यस ब्राण्डलाई कायम राख्न सक्यो | अधिकतम दर्शकहरुले चलचित्र निकै मनोरंजननात्मक रहेको र आफुहरुले भरपुर मजा लिएको कुरा बताएका छन् |
loot-2
जुन गतिमा यति बेला चलचित्र हिडिरहेको छ र दर्शकहरुको जुन साथ पाइरहेको छ त्यस हिसाबले चलचित्रले अगाडी अझै राम्रो सफलता हात पार्ने संकेत देखिन्छ | अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: