Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय नेपाली सिनेमा देखि पछि टाढा रहेकी नायिका हर्षिका श्रेष्ठ फेरी पर्दामा आएकी छिन् । उनको अभिनय रहेको नया चलचित्र “मेरी कुसुम” को ट्रेलर सार्वजनिक गरिएको छ । यस चलचित्रमा हर्षिका संग मोहन बोगटी लिड अभिनयमा देखापरेका छन् ।
एनआर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले आउदो जेठको दोस्रो सातामा आफ्नो प्रदर्शन थालनी गर्ने जानकारी प्राप्त भएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा चलचित्रको तीन गीत सहितको अडियो पनि सार्वजनक गरिएको छ । चलचित्रमा टंक बुढाथोकीको संगीत समावेश रहेको छ । सुनिता बोगटी निेर्मात्री हुन् ।
सार्वजनिक ट्रेलरमा प्रेमभाव र द्वन्दको मिश्रण गरिएको देखिन्छ । यस्तै चलचित्रमा नया किसिमको द्वन्द प्रयोग भएको पनि हेर्न सकिन्छ । आफुले सक्दो प्रयास गरेको र दर्शकहरुलाई गुनासो गर्ने बाटो नराखेको कुरा नायक मोहन बोगटीले बताए ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: