Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र निर्माणको कुरा बाहिर आएको चलचित्र “लम्फु” को अब भने औपचारिक रुपमा नै निर्माणको घोषणा भएको छ । निर्माण पक्षेले राजधानीमा गरेको लामो वर्कसप पछि चलचित्र फ्लोरमा जाने निधो गरि एक कार्यक्रम बीच निर्माण पक्षेले कास्ट एण्ड क्रियू पनि सार्वजनिक गरेको छ ।
lamphoo1
पपुलर मल्टिमिडियाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ । चलचित्रको लेखनको काम भूपतिले गरेका हुन् । चलचित्रका निर्माता भने शक्तिवल्दव घोरासिनी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन , अर्जुन पोखरेलको संगीत , हरि सिलवालको सम्पादन , रामजी लामिछानेको नृत्य र अष्ट महर्जनको द्वन्द निर्देशन रहने छ । चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् । चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्नेछन् ।
gopal chandra lamichhane
निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रले युवा पुस्ताको कथा बोल्छ । नौलो सपना बोकेर केहि गर्छु भनि सहर पसेका एक युवकको जीवनमा आइपर्ने परिस्थितलाई चलचित्रमा चित्रण गरिनेछ । निर्माण पक्षेको अनुसार चलचित्रको अवधि ४० दिनको राखिएको छ । यसै साताबाट फ्लोरमा जाने चलचित्रको छायांकन पर्वत र काठमाडौंमा हुनेछ ।

Leave a Reply

%d bloggers like this: