Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी बजार तताएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको विवाद साम्य भएको छ । अन्तत केहि समयको अन्तरालमा चलचित्र संघले दुवै पक्षेलाई कार्यालयमा बोलाएर कुराकानी गरि गल्ति दुवैबाट भएको ठहर गरि र अब उप्रान्त यस किसिमको गल्ति नदोहोरियोस भनेर क्षेमा याचनाको साथमा दुवैलाई माफी दिएको छ ।
यस्तै चलचित्र संघले वितरक गोबिन्द शाहीको चलचित्र प्रदर्शन माथि लगाएको रोक तथा प्रतिबन्ध पनि फिर्ता लिएको छ । चलचित्र संघले दुवै चलचित्र क्षत्रका सर्जक र चलचित्र संघको पनि सदस्य भएको हुनाले यी यस्ता गल्तिले सिंगो चलचित्र संघ नै बदनाम हुने कारण बनेकोले अब आईन्दा यस्ता क्रियाकलाप नगर्नुहुने दुवै पक्षेलाई निर्देशन समेत दिएको छ ।

Leave a Reply

%d bloggers like this: