Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी निर्माणको घोषणा समेत भएर छायांकन गएर रोकिएको चलचित्र “लम्फु” को अब नया टिम सहित काम सुरु हुने भएको छ । पहिले यस चलचित्रमा निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहेका थिए । तर अब भने सबै नया टिम रहेका छन् जस अनुरुप अब चलचित्रको कास्टिङ लाईनअप पुरा भएको छ ।
चलचित्रको नया टिममा यति बेला चार कलाकारहरु फाईनल भईसकेका छन् । प्राप्त जानकारी अनुसार चलचित्रमा लिड अभिनयमा नायक सलोन बस्नेतले नायिका मरिश्का पोखरेल संग रोमान्स गर्नेछन् भने उनिहरुको साथमा चाँदनी शर्मा र कबिर खड्का समेत चलचित्रको लागि फाईनल भएका छन् ।
निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्र फाल्गुनको दोस्रो हफ्ता देखि फ्लोरमा जानेछ । यति बेला चलचित्रको अनामनगरमा वर्कसप चलिरहेको छ । यस्तै अबको केहि दिनमा नै चलचित्र पुन: निर्माण घोषणा तथा कलाकार सार्वजनिक गर्ने तयारीमा चलचित्र निर्माण पक्षे रहेको कुरा पनि बाहिर आएको छ । फिल्मलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गर्नेछन् ।

Leave a Reply

%d bloggers like this: