Fri. Jun 2nd, 2023

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली चलचित्र क्षत्रमा सफल वितरक र निर्माताको रुपमा स्थापित भएका सुनिल मानन्धर पितृ शोकमा परेका छन् । उनका पिता श्याम बहादुर मानन्धरको आईतबार आफ्नै निजी निवास वालुवाटारमा निधन भएको छ ।
लामो समय देखि क्यान्सर रोग देखि पिडित रहेका उनको औषधीको सहारामा जीवन काटिरहेको थियो । अन्तत आज उनले ८४ बर्षको उमेरमा संसार छोडेर गए ।
खबर संगै यति बेला सुनिल मानन्धरको घरमा सहानुभुती व्यक्त गर्न फिल्मकर्मीहरुको घुइचो लागेको छ । प्राप्त जानकारी अनुसार केहि बेरमा नै शवलाई ढल्को स्थित गुठि पुर्याउने तयारी भईरहेको छ । दिवंगत मानन्धरको अन्तिस संस्कार नेवारी परम्परा अनुसार गरिनेछ ।
वितरक तथा निर्माता सुनिल मानन्धरको दिवंगत पिता श्याम बहादुर मानन्धरको निधन प्रति मनोरंजन संसार डटकम परिवार हार्दिक श्रदान्जली ब्यक्त गर्दै मानन्धर परिवारलाई धैर्य धारणको शक्ति भगवानबाट प्राप्तिको लागि भगवान संग प्राथना समेत गर्दछौ ।

Leave a Reply

%d bloggers like this: