Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र सार्वजनिक भएको गायक हेमन्त रानाको आवाजमा सजिएको “साईली” बोलको गीतले खुबै बजार ततायो । यस्तै उक्त गीतले २४ घण्टाको भिवर्सको अहिले सम्मको सबै गीतको रेकर्ड समेत तोड्यो । अहिले जता पनि मात्र त्यहि गीत सुन्न पाईन्छ । सबैको मन सम्म पुग्न सफल भएको उक्त गीतले यति बेला युटुब ट्रेण्डिङमा नेपालमा एक नम्बर ओगटिरहेको छ ।
gaurav-pahari
यति बेला उक्त गीतले अधिक चर्चा बटुलिरहेको बेलामा त्यसै गीतको पृष्ठभुमि समेटेर चलचित्रको निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच उक्त गीतको अफिसियल भिडियो रिलिजको साथमा चलचित्र निर्माणको घोषणा समेत गरियो ।
menuka-pradhan
गीतलाई जीएच इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । यता गायक हेमन्त रानाले भने गीतको मुख्य हिरो भने संगीतकार कालिप्रसाद बाँस्कोटा रहेको बताए । यस्तै जीएच इन्टरटेनमेन्ट कम्पनिका सञ्चालन टिमका एक सदस्य अभिनेता तथा उक्त गीतका मोडल गौरव पहारीले आयोजित कार्यक्रम चलचित्र निर्माणको घोषणा गरेका हुन् । उनको अनुसार साईली बोलको गीतको कथामा केन्द्रित रहेको चलचित्रको निर्माण हुनेछ । सार्वजनिक गीतको म्युजिक भिडियोमा हामी अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानलाई उत्कृष्ट अभिनयका साथ हेर्न सक्छौ । गीतको म्युजिक भिडियोमा गीतले बोले जस्तै परदेशको दुख र घरपरिवार देखि टाढा हुनुको पीडाको सुन्दर चित्रण गरिएको छ ।
hemant-rana
यस्तै चलचित्रको निर्माणको घोषणा मात्र भएको छ तर चलचित्रको बारे अरु कुनै कुरा पनि फाईनल भएको छैन । गीतको म्युजिक निर्माणको बेलामा नै यहि थिममा चलचित्र निर्माण गर्ने सोच रहेको अब गीत हिट भए संगै चलचित्रको निर्माण कार्य सुरु हुने कुरा अभिनेता गौरव पहारीले बताएका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: