Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा धेरै व्यक्तिहरु आबद्ध रहेका छन् । नेपाली गीत संगीतको आजको यो माहोल कायम राख्नको लागि धेरै व्यक्तिहरुले आफ्नो योगदान दिइरहेका छन् । नया कलाकारहरुको आगमन त तीव्र नै छ त्यस हिसाबले नेपाली गीत संगीतमा पनि केहि नयापन थपिएको पनि छ । नेपाली गीत संगीतलाई यो स्थान सम्म लिएर आउने काम धेरै हद सम्म पुराना कलाकार देखि नै भएको हो । समयको बदलिदो परिवेश संगै धेरै पुराना कलाकारहरु सुस्ताए पनि तर केहि कलाकारहरु भने निरन्तर यस क्षत्रमा अग्रसर भएर लागिपरे । त्यहि कलाकारहरु मध्य एक हुन् गायक बुद्धि राज राई । उनको नाम नौलो भने छैन किन भने उनको प्रस्तुतिले धेरैलाई मनमोहित समेत पारेको छ । तर आजको दिनमा भने उनि पहिले भन्दा केहि फरक तरिकाले बाहिर आउने प्रयासमा रहेका छन् ।
buddhi-raj-rai
नेपाली गीत संगीतमा झन्डै उनको २ दशक बित्यो जस अनुरुप उनले धेरै अनुभव बटुले । उनि भित्रको ज्ञान र मेहेनतले यति बेला केहि नया रंग लिएर आएको छ । सानै देखिको उनको नेपाली गीत संगीत प्रतिको रुचीले उनलाई यस क्षत्रमा तान्यो । बिस्तारै गीत संगीत प्रति बढेको उनको इच्छा र लगाव अनि त्यसपछिको उनको मेहेनत र परिश्रमको कुरा धेरै नै छ । उनले नेपाली गीत संगीतमा आफ्नो पाईला उनको पहिलो “चिनो” नामक एल्बम देखि बढाए । उनको उक्त एल्बम आज भन्दा धेरै समय अगाडि दर्शक श्रोताहरुको लागि कोसेली रहेको थियो । त्यस पछि उनको सांगीतिक यात्राले एकै सुरमा गति लियो । उक्त पहिलो एल्बमको निर्माणको क्रममा उनले धेरै कुरा सिक्ने मौका समेत पाए । आफुमा भएको केहि कमिहरुलाई समेत उनले बिस्तारै पूर्ति गर्दै लिएर गए । समय बित्दै गयो उनको मेहेनत पनि बढ्यो र फेरी उनले आफ्नो दोस्रो एल्बम “ड्रिम्स” बाहिर लिएर आए ।
buddhi-raj-rai
buddhi-raj-rai
यस एल्बममा भने उनले धेरै नै मेहेनत गरे र पहिलेको कमि कमजोरीहरुलाई पनि मेटाउने प्रयास गरे । यस एल्बममा उनको एकल स्वर समावेश रहेको थियो । उनको स्वरमा सजिएको उक्त एल्बमको “चिया चाल्ने” बोलको गीतले राम्रो प्रतिक्रिया समेत बटुल्यो । यस्तै उनले उक्त एल्बम देखि धेरै दर्शक श्रोताहरुबाट सल्लहा सुझाब समेत प्राप्त गरे जसको कारण उनले आफ्नो प्रस्तुतिमा अझै बढी निखारता लिएर आउन सफल पनि भए । यस्तै उनको यति बेला नया गीत बाहिर आउने तयारीमा रहेको छ । बाबु बोगटीको शब्द संगीतमा तयार भएको “मुरली बज्यो” बोलको मारुनी भाकाको गीतलाई उनले चाडै बाहिर लिएर आउने तयार गर्दैछन् । यस गीतमा समेत उनि स्वयमको स्वर नै समावेश रहेको छ । यस गीतलाई अरेन्ज गर्ने काम भने चांद सिंहले गरेका छन् । यस गीतको यति बेला रेकर्डिङ कार्य सकिएर मिक्स मास्टरीङको काम भईरहेको छ र अब छिट्टै नै यसको म्युजिक भिडियोको काम पनि सुचारु हुने जानकारी गायक बुद्धि राज राईले दिएका छन् । यस्तै उनको अर्को गीत पनि अहिले तयारी अवस्थामा नै रहेको छ जसमा उनको स्वर र कुमार दुमी राईको संगीत समावेश रहने छ । उनको अनुसार उक्त गीतको पनि अहिले तयारी भईरहेको र केहि समयको अन्तरालमा दर्शक श्रोता सामु आफुले लिएर आउने बताए ।
buddhi-raj-rai
buddhi-raj-rai
उनि एक कुशल गायक हुन् तर त्यति मात्र नभएर उनि मोडेल पनि हुन् । उनले केहि म्युजिक भिडियोमा आफ्नो अभिनयको कला समेत प्रस्तुत गरिसकेका छन् । एक हिसाबले हामी उनले बहुमुखी प्रतिभाको धनि भन्न सक्छौ । उनि भित्र अरु पनि धेरै प्रतिभाको बास छ । यसो त उनि यति बेला अमेरिकामा बसोबास गर्दैछन् तर उनको मन भने नेपालमा नै छ । नेपाली कला संस्कृतिलाई जगेर्ना गर्ने काममा उनले अलिकति पनि पछि हटेका छैनन् । विदेशको त्यो ब्यस्त जीवन त्यस माथिको दुख कष्ट त्यस पश्च्यात समेत उनले नेपाली गीत संगीतको लागि आफ्नो समय खर्चीनै रहेका छन् । उनले नेपाली गीत संगीत प्रति आफ्नो तर्फ देखि अलिकति पनि समयको कमि हुन दिएका छैनन् । हाम्रो नेपाली कला संस्कृतिलाई हामीले नै जोगाउनु पर्छ भन्ने मुल्य मान्यता राख्ने उनले हरेक तर्फबाट बिदेशमा समेत नेपाली कला संस्कृतिको बिगुल फुक्ने काम गरेका छन् । उनले आफुमा भएको ज्ञान आउदै गरेका नव कलाकारहरुलाई समेत बाड्ने गरेका छन् । अहिलेको युवा पुस्तामा समेत उनले नेपाली कला संस्कृतिको मान्यताको अर्थ जाहेर गर्दै आइरहेका छन् ।
buddhi-raj-rai
ब्यस्त नै भए पनि अमेरिकामा आयोजित प्राय नेपाली संस्कृतिक कार्यक्रममा उनको उल्लेखनीय उपस्थित रहने गरेको छ । उनको उपस्थितिले कार्यक्रमको माहोल नै परिवर्तन भएर आउछ । दर्शकहरुले उनको उपस्थितिलाई हृदय देखि नै आत्मसाथ समेत गर्ने गरेका छन् । नेपाली गीत संगीत आफ्नो नशा नशामा रहेको सधै आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने आफ्नो सारा जीवन यसमा नै व्यतित गर्ने कुरा पनि उल्लेख गरेका छन् । जस्तो सुकै परिस्थिति आएता पनि कहिले पनि पछि नहट्ने र यस क्षत्रको विकास प्रवर्धन र संरक्षणको लागि लागिपर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् । यस्तै आफ्नो कला र प्रस्तुतिको मुल्यांकनकर्ता दर्शक श्रोताहरु नै भएको र उहाहरुको साथ बिना आफु लगाएत सम्पूर्ण कलाकार अधुरो रहने कुरा पनि उनले बताए । तसर्थ उनले देशमा तथा बिदेशमा जहाँ रहनु भए पनि आफ्नो प्रस्तुतिहरुलाई हेरेर सुनेर आफ्नो प्रतिक्रिया , सल्लहा सुझाबको साथमा सधै अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन हृदय देखि नै हार्दिक अनुरोध गरेका छन् । यस्तै सधैब हाम्रो नेपाली कला संस्कृतिलाई माया अनि सम्मान गरि आफ्नो तर्फ देखि सधै जोगाउने प्रयास गरिदिनुहुन सबैलाई उनले आग्रह समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: