Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
माघ २८ गते देखि प्रदर्शन थालनी गरेको चलचित्र “डाईङ क्यान्डल” ले सफलता पुर्वक दोस्रो हफ्ता प्रवेश गरेको छ । चलचित्रले पहिलो हफ्तामा दर्शकहरुको राम्रो प्रशंसा बटुलेको छ । चलचित्रको प्रिमिएरको दिनमा पनि सबैले चलचित्रको खुलेर तारिफ गरेका थिए । यति बेला चलचित्रले अधिकतम रुपमा मल्टिप्लेक्सका दर्शकहरुको ध्यान आकर्षण गरिरहेको छ ।
dying-candle
नेपाली समाजको कथा वस्तुमा आधारित रहेको चलचित्रलाई सेलेब्रेटी देखि समिक्षकहरुले पनि तारिफ गरे । चलचित्रमा नेपालको हिमाली भेगको एक साधारण परिवारको कथालाई चित्रण गरिएको छ । दिदि भाईको मायामा बिशेष केन्द्रित रहेर पनि पारिवारिक कुराको पनि राम्रो प्रस्तुति चलचित्रमा गरिएको छ । केहि दिन अगाडी मात्र महानायक राजेश हमालले समेत हल सम्म गएर चलचित्र हेरे र एकदमै राम्रो लागेको प्रतिक्रिया समेत प्रदान गरे । चलचित्रको बिषय बस्तु र प्रस्तुतिले आफ्नो मन छोएको सबैले यो चलचित्र हेर्नै पर्ने भन्दै उनले दर्शकहरुलाई हल सम्म गएर यस चलचित्रलाई एकपटक हेरिदिन आग्रह समेत गरेका थिए ।
dying-candle
यस्तै निर्माण पक्षेको अनुसार चलचित्रले राम्रो वर्ड अफ माउफ पब्लिसिटी पाएको बताएका छन् । त्यहि हिसाबले पनि चलचित्रले यति बेला निकै नै राम्रो प्रतिक्रिया सबैबाट पाइरहेको उनीहरुको तर्क छ । यस्तै निर्मात्री, निर्देशक तथा अभिनेत्री दिपाश्री निरौंला तथा अभिनेता दिपकराज गिरीले समेत चलचित्र हेरेर आफुहरुलाई चलचित्र निकै नै मनपरेको र हाम्रो नेपाली सामाजिक कथा समेटेको हुनाले पनि आफुहरुको मन यस चलचित्रले जितेको भन्दै सबैलाई चलचित्र “डाईङ क्यान्डल”हेर्नको लागि उनीहरुले आग्रह समेत गरे ।
dying-candle
उत्तम फिल्म्स , नेसनल मिडिया र मदर प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सृजना सुब्बा , लाक्पा सिंगी तामाङ , सौगात मल्ल , अर्पण थापा , बिद्या कार्की लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नरेश कुमार गौतमले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने उत्तम केसी , रबिन आचार्य र बिमल सुबेदी रहेका छन् । चलचित्रमा विवेक ओझाको शब्द र रोशन राज थापा ( आधा-सुर ) को संगीत समावेश रहेको छ ।

Leave a Reply

%d bloggers like this: