Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी फ्लोरमा उत्रेको चलचित्र “प्रेमगीत २” ले आफ्नो म्यानमार र थाइल्यान्डको छायाँकन सकेर नेपाल फर्किएको छ । २४ सदस्यीय टीम पूर्वी एसियाली दुई मुलुकमा छायांकनका लागि थाईल्याण्ड र बर्मा पुगेको थियो । अब बाँकीको छायांकन यतै हुने चलचित्र युनिटले बताएको छ । निर्माण पक्षेको अनुसार अब काठमाडौँमा चलचित्रको क्लाईमेक्सको छायांकन हुनेछ ।
यस्तै क्लाईमेक्सको छायांकनको लागि राजधानीमा नै सेट तयार गरिने कुरा समेत निर्माण पक्षेले उल्लेख गरेको छ । त्यसै गरि चलचित्रले यस अघि नै नेपालका काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारा ताल लगाएतका ठाउँहरुमा छायांकन गरिसकेको छ । चलचित्रलाई रामशरण पाठक पाठकले निर्देशन गरेका छन् भने सन्तोष सेन चलचित्रका निर्माता हुन् । चलचित्रमा प्रदिप खड्का र अश्लेशा ठकुरी मुख्य भूमिकामा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: