Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गतेको प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो प्रचार प्रसार यतिबेला निकै तीव्र पार्दै लागिरहेको छ । चलचित्रले आफ्नो पहिलो ट्रेलर र गीत समेत बाहिर सार्वजनिक गरिसकेको छ जसले दर्शकहरु माझमा निकै नै राम्रो चर्चा समेत कमाई रहेको छ । चलचित्र टिम यतिबेला निकै जोडतोडले प्रोमोसनमा दौडिरहेको छ । यसै चलचित्र टिमले प्रोमोसनको लागि विभिन्न आयोजित कार्यक्रम र फेसन शोहरुमा समेत आफ्नो उल्लेखनीय उपस्थिति जनाई रहेको छ ।
lappan-chappan
lappan-chappan
यति बेला दर्शकहरुले “लप्पन छप्पन” लाई पर्खिरहेका छन् । यसको धेरै कारणहरु पनि छन् । चलचित्रमा समावेश मनै लोभ्याउने दृश्य जुन युरोपको विभिन्न देशहरुमा कैद गरिएको छ त्यो पनि मुख्य कारण हो । यस्तै चलचित्रमा भएका स्टार कास्ट र चलचित्र कथा वस्तु चलचित्रको अब्बल पक्षे हो । यस्तै चलचित्रको गीत संगीतलाई पनि हामी एक बलियो पक्षेको रुपमा लिन सक्छौ ।
lappan-chappan
lappan-chappan
चलचित्र निर्देशक मुकुन्द भट्टको कामले पनि धेरै कुरा स्तरिय बनाएको छ । लामो समयको मेहेनतको नतिजा उनले यस चलचित्रमा निकालेको कुरा पनि उनले बताए । आफ्नो लागि यो चलचित्र निकै महत्वोपूर्ण प्रोजेक्ट भएको कारणले पनि आफुले यसमा निकै धेरै मेहेनत गरेको र कुनै पनि ठाउँमा कमि नछोडेको कुरा पनि उनले प्रष्ट पारेका छन् । अहिलेको दर्शकहरुको चाहना र टेस्टलाई मध्य नजर गरेर नै आफुले धेरै कुराहरुको मिश्रण यस चलचित्रमा गरेको कुरा पनि उनले बताएका छन् । यस्तै चलचित्र निकै राम्रो बनेको र दर्शकहरुलाई चलचित्रले भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
lappan-chappan
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।

Leave a Reply

%d bloggers like this: