Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली चलचित्र क्षत्रमा अधिकतम चर्चामा रहेको चलचित्र हो लुट २ जसलाई माधव वाग्ले र नरेन्द्र महर्जन मिलेर निर्माण गरेका हुन् । चलचित्रको पहिलो भाग आज भन्दा करिव ४ बर्ष अगाडी प्रदर्शन भएको थियो । उक्त चलचित्र लुट ले त्यो बेलामा डुब्न लागेको नेपाली चलचित्र क्षत्रलाई बचाको पनि हो जुन सधैब सबैको मनमा रहने छ । लुट को प्रदर्शन पछि नेपाली चलचित्रमा धेरै नै परिवर्तन आयो जसले नेपाली चलचित्र हेर्न दर्शकहरुको संख्यालाई पनि धेरै बढायो ।
loot-2
अब अहिले आएर ४ बर्षको लामो समय पछि त्यहि लुट को सिक्वेल लुट २ प्रदर्शनको बेला आएको छ । लुट को प्रदर्शन पछि निर्माण पक्षेले ४ बर्षको लामो अवधि सिक्वेल बनाउन लिनुले पनि धेरै कुराको संकेत गर्दछ । यति बेला सारा नेपाली दर्शकहरुलाई नेपालमा मात्र होइन बिदेशमा समेत चलचित्र लुट २ को पर्खाई रहेको छ । चलचित्र कस्तो होला भनेर सबैको मनमा धेरै नै उत्सुकता रहेको छ । यति बेला नेपाली चलचित्र जगतका महापण्डितहरुले पनि विभिन्न किसिमका अनुमानहरु लगाईरहेका छन् ।
loot-2
यहि बिचमा राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने चलचित्रका निर्माता माधव वाग्लेले “लुट २” को व्यापारको बारेमा बोलेका छन् । उनले भने – “लुट २” ले “छक्का पञ्जा” को रेकर्ड २१ दिनमा तोड्ने छ “। उनको यो संवादले पनि यति बेला बजार तताई रहेको छ । उनको यो आत्म विश्वासले पनि चलचित्र धेरै हद सम्म राम्रो बनेको संकेत गर्दछ । चलचित्रले कतिको रेकर्ड तोड्ने हो र कति दर्शकहरुको मन जितेर उच्च व्यापार गर्ने हो त्यो हेर्न भने अब मात्र केहि समय कुर्नु पर्ने हुन्छ ।
loot-2
चलचित्र फाल्गुन १३ गते देखि प्रदर्शन हुदैछ । दर्शकहरुको पर्खाईको दिनहरु बिस्तारै घट्दै छ । चलचित्रको प्रचार प्रसार यति बेला निर्माण पक्षेले निकै तीव्र पारेको छ । चलचित्रको गीतहरु पनि निकै नै चर्चामा रहेको छ । केहि समय अगाडी सार्वजनिक ट्रेलरले त सबैको मनमा राज नै गरेको छ ।
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
loot-2
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: