Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
सोमवार राजधानीमा आयोजित एक कार्यक्रम बिच सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण हुनेगरी सोमबार फिल्म “रंगीन” घोषणा गरिएको छ । आयोजित कार्यक्रममा चलचित्रको निर्देशक बाहेक बाँकी सबै कलाकार र चलचित्र युनिट पनि सार्वजनिक गरिएको छ ।
चलचित्रमा नायिका निशा अधिकारी , नवराज श्रेष्ठ र बाबु भण्डारी , महादेव त्रिपाठी , अजय श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहने छ । चलचित्रमा निशाले दुई नायक बाबु र नवराज संग रोमान्स गर्नेछिन् । लव स्टोरी बेसमा निर्माण हुन गईरहेको यस चलचित्रमा माया प्रेमको रंगिन कुराहरुको मिश्रण गरिएको निर्माण पक्षेले बताएको छ ।
चलचित्रको निर्देशनको लागि निर्देशक भने पछि नै फाईनल गरिने कुरा पनि निर्माण पक्षेले प्रष्ट पारेको छ । निर्देशक छनोटको लागि चलचित्र युनिटले ३ महिनाको अवधि राखेको छ । नया तथा पुराना कोहि पनि इच्छुक निर्देशकहरुले आफुहरुलाई सम्पर्क गर्नुहुन सबैमा निर्माण पक्षेले आग्रह समेत गरेको छ । कुनै पनि किसिमको भेदभाव नगरी जसले आफ्नो चलचित्रको स्क्रिप्टमा न्याय गर्छ उसलाई नै चलचित्रको निर्देशकमा छनोट गरिने कुरा पनि निर्माण पक्षेले बताएको छ । किरण माईकलले चलचित्रको लेखेका छन् ।
चलचित्रमा नरेन सिंहको छायांकन , तारा प्रकाश लिम्बुको संगीत र शिव बि.क को नृत्य निर्देशन समावेश रहने छ । यस्तै चलचित्रका निर्माता तर्फ भने विनोद कुमार सिंह र सुवास थापा रहेका छन् । निर्माण पक्षेको अनुसार चलचित्र जेठबाट फ्लोरमा जानेछ ।

Leave a Reply

%d bloggers like this: