Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्र “यो साईनो मायाको” सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ट्रेलर हेर्नको लागि अधिकांश पत्रकार , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र चलचित्र युनिटको उपस्थित रहेको थियो । सार्वजनिक ट्रेलरले चलचित्र मायामा केन्द्रित रहेको देखाउछ । हाम्रै नेपाली समाजको कथा वस्तु समेटेर निकै नै राम्रो चलचित्र निर्माण गर्ने प्रयास गरिएको कुरा ट्रेलरले प्रष्ट पार्दछ ।
अरुण कुमार प्रधानको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनित राज प्रधान , किशोर भण्डारी , सुनिता श्रेष्ठ , राजु भुजेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा बाबुराम नेपालीको छायांकन र कुन्दन थापा र विकेश के शंकरको संगीत समावेश रहेको छ । यस्तै चलचित्रको गीतहरुमा शिव परियार , मनिषा पोखरेल , कोशिश क्षत्री र मेलिना राईले आफ्नो स्वर दिएका छन् । चलचित्रका निर्माता राम कुमार श्रेष्ठ हुन् । यस्तै चलचित्रका निर्माता तर्फ ज्ञानु रोय र सुरेश भण्डारी रहेका छन् ।
चलचित्रको गीत संगीत पनि निकै राम्रो रहेको छ भने यसलाई चलचित्रको अब्बल पक्षे पनि मानिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित सबैले चलचित्रको ट्रेलरलाई मनपराएका छन् । यस्तै सबैले निर्माण पक्षेलाई सफलताको शुभकामना समेत दिएका छन् । चलचित्रको मेकिङमा कुनै पनि किसिमको कन्जुसाई आफुहरुले नगरेको दाबि निर्माता राम कुमार श्रेष्ठले गरेका छन् । दर्शकहरुलाई पूर्ण तया रुपमा मनोरंजनात्मक चलचित्र प्रदान गर्ने प्रयास आफुहरुले गरेको कुरा समेत उनले उल्लेख गरेका छन् । चलचित्र चैत्र ४ गते देखि देशभरका हलहरुमा एकैसाथ प्रदर्शन हुनेछ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: