Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
आईतवार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र “राज्जा रानी” निर्माण को घोषणा गरिएको छ । आज एक प्रेसमिटको आयोजना गरि यस चलचित्रको बारेमा जानकारी गराईएको हो । चलचित्रमा केकी अधिकारी , नाजिर हुसेन , कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्र निर्माण घोषणा गर्दै चलचित्रको शुभ मुर्हत समेत गरिएको छ ।
rekha-keki-najir-ramesh-yam
कोहिनुर , वीर विक्रम , शब्द , निर्भय , रानी , हेप्पी डेज , ब्लाईनड रक्स जस्ता चलचित्र लेखिसकेका लेखक यम थापाले चलचित्र “राज्जा रानी” को लेखन तथा निर्देशन गर्ने भएका छन् । उनले यसै चलचित्र मार्फत निर्देशनको दुनियामा डेब्यु गर्दैछन् । उनले कार्यक्रममा बोल्दै आफु निकै उत्सुक रहेको र सकेसम्म धेरै राम्रो चलचित्र निर्माण गरेर दर्शकहरु माझमा पेश गर्ने विश्वास उनले ब्यक्त गरेका छन् । चलचित्र लेखनको विधामा अब्बल प्रतिभाका साथ अगाडी आइसकेका उनले अब निर्देशन विधामा समेत आफ्नो जादु चलाउने प्रयास गरिरहेका छन् । उनको यो प्रयास कति सफल हुने हो यो हेर्न भने केहि समय पर्खिनै पर्ने हुन्छ ।
keki-and-raja-final-5
निर्माण पक्षेको जानकारी अनुसार चलचित्रको छायांकन यसै साताबाट सुरु हुनेछ । चलचित्रको सम्पूर्ण छायांकन मध्यपश्चिम विकास क्षत्र अन्तर्गत बाँके जिल्लाको नेपालगंजमा हुनेछ । चलचित्रको छायांकनको अवधि ३५ दिनको रहेको कुरा लेखक तथा निर्देशक यम थापाले जानकारी दिएका छन्। चलचित्रका निर्माता रमेश एमके पौडेल रहेका छन् । यस्तै चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन , ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहने छ । लेखक तथा निर्देशक यम थापाको अनुसार चलचित्रमा पश्चिम तराईको एक समुदाय र समाजको कथालाई चित्रण गरिनेछ ।

Leave a Reply

%d bloggers like this: