Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “निर्भय” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलर एक्शन किंग निखिल उप्रेतीको एक्शनले भरिपुर्ण रहेको छ । चलचित्रमा देशको तत्कालिन परिस्थिति र कानुन व्यवस्थाको साथमा पारिवारिक कथाको समेत सुन्दर चित्रण गर्न खोजिएको देखिन्छ ।
nirbhay
निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा निखिल र नीतासँगै प्रदिप ढकाल, विकास चापागाइं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रकाश न्यौपाने, रश्मी भट्ट, विशाल पहारी, कृष्ण शिवाकोटी, रामचन्द्र अधिकारी लगायत अभिनयमा छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने देवीप्रसाद पाण्डे रहेका छन् ।
nirbhay
चलचित्रले केहि समय अगाडी नै आफ्नो फर्स्ट लुक र आफ्नो गीत सार्वजनिक गरिसकेको छ । चलचित्र निकै नै राम्रो बनेको र चलचित्रको निर्माणमा कुनै पनि किसिमको कम्प्रोमाईज आफुहरुले नगरेको दाबी निर्माण पक्षेले गरेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: