Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र “जुनीभरिलाई” नामक आफ्नो एल्बम बाहिर सार्वजनिक गरिसकेको लामिछाने ब्रोदर्सले फेरी अर्को कोसेली दर्शक श्रोताहरुको लागि बाहिर सार्वजनिक गरेको छ | लामिछाने ब्रोदर्सकै एक सदस्य पूर्ण लामिछानेको शब्द रचना , संगीत र स्वरमा सजिएको “मखमली” नामक गीत यति बेला बाहिर आएको छ | लोक पप भर्जनमा तयार भएको यस गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ | म्युजिक भिडियोमा पुराना नेपाली अभिनेता दिलिप रायमाझी र होलिकाले राम्रो अभिनय प्रस्तुत गरेका छन् | यस्तै म्युजिक भिडियोलाई टेकेन्द्र शाहले इडीट गरेका छन् भने म्युजिक भिडियोमा प्रसन्नको छायांकन र निर्देशन समावेश रहेको छ | गीतलाई किरण कंडेलले अरेन्ज गरेका छन् |
purna-lamichane
अमेरिकामा बसोबास गर्दै आइरहेको यस लामिछाने ब्रोदर्स ग्रुपमा इन्द्र लामिछाने , लक्ष्मी लामिछाने , पूर्ण लामिछाने (अविरल ) र बुद्धि लामिछाने सहित ४ जना सदस्यहरु समावेश छन् | पारिवारिक हिसाबले एक जुट भएर नेपाली गीत संगीतमा लागेको यस ग्रुपले अमेरिकामा आफ्नो छुट्टै किसिमको पहिचानको निर्माण गरिसकेको छ | यस ग्रुपका सबै सदस्यहरु अनुभवी रहेका छन् | नेपाली गीत संगीतमा लामो समय बिताए संगै धेरै कुराको ज्ञान उनीहरुले हासिल गरिसकेका छन् | यस्तै यति बेला पनि यस ग्रुप आफ्नो नया प्रस्तुतिहरुको निर्माणमा निकै ब्यस्त रहेको छ | आफ्नो व्यक्तिगत जिविको पार्जनको कामलाई पनि संग संगै लगेर नेपाली गीत संगीतको यात्रालाई पनि उनीहरुले उत्तिकै समय दिएका छन् |
purna-lamichane
जहाँ रहे पनि नेपाली गीत संगीत र कला संस्कृतिलाई जोगाउनु उनीहरुको पहिलो उदेश्य रहेको छ | बिदेशी भूमिमा धेरै समय देखि रहेता पनि आफ्नो नेपालीपनलाई भने आफुबाट कहिले पनि टाढा राख्न उनीहरुले सकेनन | आफु भित्र रहेको कला प्रतिभालाई सहि मार्गह निर्देश उनीहरुले यति बेला गर्दै आइरहेका छन् | उनीहरुको धेरै गीतहरु बाहिर सार्वजनिक भईसकेको छ जसलाई दर्शक श्रोताहरुले रुचाउनु पनि भएको छ | दर्शक श्रोताहरुको त्यहि माया र साथले नै आफुहरुलाई अझै राम्रो प्रस्तुति लिएर आउन हौसला प्रदान गरेको उनीहरुको भनाई रहेको छ | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनीहरुले आगामी दिनहरुमा निकै राम्रो राम्रो गीत संगीत दर्शक श्रोता माझमा पेश गर्ने प्रतिबध्ता समेत गरेका छन् | यस्तै कहिले पनि नेपाली दर्शक श्रोताहरुलाई आफुहरुबाट निराश हुने मौका नदिने विश्वास समेत उनीहरुले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: