Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
सरसर्ती हेर्दा नेपाली गीत संगीतमा आजको दिन सम्ममा धेरै कुराको परिवर्तन आइसकेको छ | परिवर्तन आउनुमा धेरै कारक तत्वोहरु रहेका छन् जसमा एक हो नव कलाकारहरुको आगमन | नवकलाकारहरुको आगमनले नेपाली गीत संगीतमा नयापनको पनि विकास गरेको छ | यसले नेपाली गीत संगीतलाई अर्को नया बाटोमा लिएर जाने प्रयास समेत गरेको छ | रहरले धेरै नया कलाकारहरुको आगमन भयो जुन निकै कम समयको लागि मात्र रहयो | तर रहरको साथमा केहि अनुभव र ज्ञान बटुलेर आएका नव कलाकारहरुको पनि हामी माझ सुची रहेको छ | त्यहि सुची भित्र पर्न सफल एक नाम हो गायक कृष्ण सोक्तेन राई | उनको नाम यति बेला एकदमै नया छ तर उनको प्रतिभा भने बिशेष रहेको छ |
sayan-sokten
यति बेला उनको चर्चा भईरहदा उनको बारेमा केहि कुराहरु खोल्नु आवश्यक पनि देखिन्छ | सानो देखिको नेपाली गीत संगीत प्रतिको लगाव र इच्छा र त्यसपछिको कठिन यात्रा | यो सबै कुराहरुलाई मिलाएर अगाडी लैजान उनलाई धेरै गार्हो पनि भयो | तर उनले हार भने मानेनन् जसको फल स्वरूप आज उनि सहि ढंगले आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाउने तरखरमा रहेका छन् | केहि समय अगाडी अमेरिकामा आयोजित वर्षा बेस्ट पर्फर्मरमा समेत भाग लिइसकेका उनले त्यहाँबाट पनि धेरै कुराको अनुभव बटुलेको बताउछन् | आफ्नो सांगीतिक यात्रालाई सहि दिशा निर्देशन गर्नुको निमित्त नै उनले आफ्नो डेब्यु एल्बमको अहिले भरपुर तयारी समेत गर्दैछन् | तर नेपाली दर्शक श्रोताहरुको लागि उनको छुट्टै कोसेली पनि चाडै नै बाहिर आउने कुरा उनले बताए |
kabi-tamling
उनको जानकारी अनुसार अब छिट्टै नै उनको शब्द रचना र स्वरमा “नुमाको झिमझिम गर्ने परेलीले” बोलको गीत बाहिर आउने तयारीमा रहेको छ | उक्त गीतमा संगीत भने कुमार दुमी राईको रहने छ | यस गीतको अब चाडै नै रेकर्डिङ कार्य सम्पन्न हुने कुरा गायक कृष्ण सोक्तेन राईले बताएका छन् | गीतको भाका र शैली केहि फरक रहेको तर सबैको मन मुटुमा सजिलै बस्न सक्ने विश्वास उनले व्यक्त गरेका छन् | उनको यो नेपाली दर्शक श्रोताहरुको लागि पहिलो प्रस्तुति रहने छ त्यस कारणले पनि आफुले यसमा निकै मेहेनत गर्ने र सके सम्म निकै राम्रो प्रस्तुति सबै माझ लिएर आउने प्रयास आफुले गर्ने कुरा समेत उनले स्पष्ट पारेका छन् | उनको यो नया गीत सबै माझ अबको केहि समय भित्र नै बाहिर आउने कुरा उनले बताएका छन् |
sayan-sokten
उनले आफ्नो यसै गीत मार्फत केहि व्यक्तिहरुलाई हृदय देखि नै सम्झिन चाहेका छन् | ति व्यक्तिहरु हुन् कुमार दुमी राई र कबि ताम्लिङ | हुन त यो २ नाम नौलो भने पक्कै पनि होइन | कुमार दुमी राई एक कुशल संगीतकारको साथमा गायक समेत हुन् | उनले धेरै गीतहरुमा आफ्नो स्वर भरिसकेका छन् भने अधिकांश गीतहरुमा आफ्नो संगीतको जादु समेत देखाइसकेका छन् | यस्तै अर्का व्यक्ति कबि ताम्लिङ कुशल रचनाकारको रुपमा स्थापित छन् | उनले शब्द रचनाले धेरैको मन छोइसकेको छ | उनको योगदान समेत नेपाली गीत संगीतमा निकै ठुलो रहेको छ | यी दुई व्यक्तिहरुले आफुलाई आफ्नो नया गीतको निमित्त धेरै नै सहयोगको साथमा हौसला समेत प्रदान गरिदिनु भएकोमा गायक कृष्ण सोक्तेन राईले उहाहरु प्रति हृदय देखि नै आभार प्रकट गरेका छन् |
sayan-sokten
यस्तै गायक कृष्ण सोक्तेन राईले नेपाली दर्शक श्रोताहरुको लागि यस गीत लगतै अर्को गीत समेत बाहिर लिएर आउने कुरा खुलासा गरेका छन् | उक्त गीतमा भने शब्द संगीत अम्बर तुम्बापो सुब्बाको रहने छ भने स्वर गायक कृष्ण सोक्तेन राईको रहने छ | अम्बर तुम्बापो सुब्बाको यति बेला कुरा गर्दा उनलाई हामी एक कुशल कम्पोजरको रुपमा चिन्न सक्छौ | उनले गरेका कम्पोजहरुले पनि धेरैको मन छोइसकेको छ | नेपाली दर्शक श्रोताहरुको मनमा उनको छुट्टै किसिमको पहिचान समेत बनिसकेको छ | गायक कृष्ण सोक्तेन राईको पहिलो सुरुवातमा नै यी यस्ता कुशल तथा अनुभवी व्यक्तिहरु संगको कामले पक्कै पनि केहि नया तथा उत्कृष्ट नतिजा नै लिएर आउने कुरा देखिन्छ | यसको लागि आफुले अधिक मेहेनत गर्ने र नेपाली दर्शक श्रोताहरुबाट आफु प्रति कुनै गुनासो र निराशापन राख्न नदिने प्रयास आफुले गर्ने विश्वास उनले व्यक्त गरेका छन् | अब उनको पहिलो प्रस्तुति कस्तो रहने हो र कतिको मन जित्ने हो त्यो हेर्नको लागि भने केहि समय पर्खिनै पर्ने हुन्छ | यस्तै उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई आफ्नो पहिलो प्रस्तुतिलाई हेरेर सुनेर आफ्नो प्रतिक्रिया दिनुहुन र सल्लहा सुझाबको साथमा अगाडी बढ्नको लागि हौसला समेत प्रदान गर्नहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: