Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन २७ गते प्रदर्शन मिति तोक्दै चलचित्र “दर्पण छाँया २” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा सस्पेन्स पारिवारिक कथाको जोड भएको हामी हेर्न सक्छौ । उसो त निर्देशक तुलसी घिमिरेले यस चलचित्रलाई म्युजिकल जर्नी को उपनाम दिएका छन् । चलचित्रले केहि समय अगाडी नै टिजर र आफ्नो गीत सार्वजनिक गरिसकेको छ । यस चलचित्रको गीतले निकै चर्चा समेत यति बेला नेपाली दर्शकहरुको माझमा कमाईरहेको छ । सार्वजनिक ट्रेलरमा प्रेम सम्बन्ध , मित्रता र पारिवारिक कथालाई बिशेष केन्द्र बिन्दु बनाईएको देखिएको छ ।
सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको चलचित्र “दर्पण छाँया २” का प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । छायाँकार रामेश्वर कार्कीले चलचित्रको छायांकन गरेका छन् । यस्तै चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: