Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन यता चर्किएको वितरक गोबिन्द शाही र गोपाल कायस्थको बिचको विवाद अझै बढी चर्किएको छ । गोपाल कायस्थले वितरक गोबिन्द शाही माथि लगाएको आक्षेपहरु आज गलत साबित भएको छ । गोबिन्द शाहीले आफ्नो चरित्र हत्याको प्रयास सहितको क्षतिपूर्ति मागको लागि हनुमानढोकामा दर्ता गरेको निवेधन अन्तर्गत आज २०७३ साल माघ २८ गते ११ बजे गोपाल कायस्थ हनुमानढोकामा उपस्थित हुनु पर्ने थियो । तर उनि हनुमानढोकामा उपस्थित भएनन् । नेपाल पुलिसको सूचनालाई उनले बेवास्था गरेको अर्थ उनि गलत रहेको ठहर हुन जान्छ । आज गोपाल कायस्थ हनुमानढोकामा उपस्थित नभएपछि हनुमानढोकाले उनलाई छिटो भन्दा छिटो त्यहाँ उपस्थित हुनको लागि कडा निर्देशन दिएको छ ।
खबर धेरै किसिमको आयो बाहिर जसले कुराको निष्कर्षमा समेत धेरै अन्योल गराएको देखिन्छ । गोपाल कायस्थ लगाएत धेरैले घटना क्रम देखि वितरक गोबिन्द शाहीको मोबाईल अफ रहेको र उनि सम्पर्क बिहिन रहेको बताएका थिए । तर उक्त घटनाको कुरा बाहिर आए लगतै उनि अर्को दिन उद्दोग मन्त्रालय निर्माता संघको टोलि सहित पुगेका थिए । त्यस्तै हामीले सम्पर्क गर्दा समेत उनि सम्पर्कमा नै रहेका छन् । उनले आफुलाई कुनै पनि व्यक्तिले कुनै पनि बेला सम्पर्क गर्न सक्ने कुरा समेत बताएका छन् । यो सारा कुराहरु मध्य नजर गर्दा गोबिन्द शाही माथि बाहिर आइरहेको आरोप झुटो रहेको पनि देखिन आउछ ।
gobind-shahi
यति बेला बाहिरी जनता र चलचित्र निर्माताहरु पनि गोबिन्द शाहीको पक्षेमा नै देखिएका छन् । उनि माथि घोर अन्याय भएको र उनको इज्जत माथि दाग लगाउने प्रयास भईरहेको कुरा बाहिर आइरहेको छ । सरसर्ती हेर्दा चलचित्र किंग गोबिन्द शाहीको चलचित्र हो जुन कागजमा पनि जाहेर छ । तर त्यस बिचमा गोपाल कायस्थ उक्त चलचित्र खोस्न आउनु र भनेको मितिमा चलचित्र प्रदर्शन हुन बाधा पुराउनुले पनि धेरै कुरा स्पष्ट गर्दछ । यस्तै वितरक गोबिन्द शाहीको अनुसार गुण्डागर्दी आफुले होइन गोपाल कायस्थले देखाएको दाबी छ । किंग को निर्माता संगको सम्झौता पत्र सहितको अधिकारले आफुले अरुलाई चलचित्र वितरण गर्न नदिने अधिकारको सहित गोबिन्द शाही बस्दा गोपाल कायस्थले आफुलाई फोनमा धम्काएर चलचित्र प्रदर्शन गराएर छोडछु भनि चेतावनी दिएको कुरा समेत गोबिन्द शाहीले बताएका छन् । यस्तै उनको अनुसार बाहिर मार्केटमा समेत गोपाल कायस्थको छबि निर्माताहरु संग समेत राम्रो नभएको र धेरैलाई डुबाएर अहिले सम्म ओझेलमा समेत पारेको कुरा उनले स्पष्ट पारेका छन् ।
gobind-shahi
वितरक गोबिन्द शाहीको नेपाली चलचित्र यात्रा १४ बर्ष नागिसकेको छ । उनले गरेका धेरै चलचित्रले ब्लकबस्टर व्यापार समेत गरेका छन् । सबैकुराको अध्यन र छानबिन गर्दा उनि माथि कुनै पनि निर्माताको गलत अवधारणा रहेको छैन । सबैको उनि माथिको प्रतिक्रिया निकै सकारात्मक देखिएको छ । नेपाली चलचित्र क्षत्र माथि उनले दिएको योगदान निकै अपरिहार्य रहेको छ । उनले गरेको लामो समयको मेहेनत र उनको सबै प्रति उनको इमान्दारिताले गर्दा पनि उनलाई चलचित्र वितरणको लागि अफर दिने निर्माताहरुको ठुलो लहर समेत रहेको छ । यति बेला अधिकांश निर्माताहरु उनि संग काम गर्न चाहना राख्दछन् । तसर्थ आफ्नो कुनै गल्ति नभएको र आफु माथि झुटो आरोप लगाएर आफ्नो इमान इज्जतमा दाग लगाउने प्रयास भईरहेको उनको दाबि छ । यस्तै चलचित्र संघको महासचिव मधुसुदन प्रधान र काठमाडौँ उपत्यका वितरकको सभापति गोपाल कायस्थले आफ्नो पदको दुरुपयोग गर्दै वितरक गोबिन्द शाहीको चलचित्र प्रदर्शन माथि रोक लगाएको एकलौटी व्यक्तिगत निर्णयले यति बेला चलचित्र संघलाई विवादमा पार्नुको साथै सबैको सामु बाहिर बदनाम गर्ने काम समेत गरेको छ ।

Leave a Reply

%d bloggers like this: