Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीत क्षत्रको विकास यति बेला निकै तीव्र गतिमा हुदै छ | यसको बिभित कारण र तत्वोहरु रहेको छ | तर त्यस मध्य पनि एक कारक तत्वो हो कलाकार | यसको अर्थ नेपाली गीत संगीतमा आबद्ध सबैको नाम आउछ | तर गायक जसले आफ्नो गायनको जादुले सबैको मनमा खुसीको दियो बाल्छ उसको भूमिका पनि एक किसिमले ठुलो नै हुन्छ | यतिबेला नया कलाकारहरु अर्थात् गायकहरुको आगमन नेपाली गीत संगीतमा तीव्र नै छ तर धेरै रहरले आएका छन् भने केहि रहर र लगावको साथमा धेरै ज्ञान र मेहेनतको साथमा आएका छन् | त्यहि केहि गायकहरुको भिडमा एउटा नाम हो गायक महेश क्षत्री | उनको नाम यति बेला भने पक्कै पनि नौलो नै छ तर उनको गायनको क्षमाताले धेरैको मन यति बेला जित्ने क्रममा छ | त्यसको पहिलो सुरुवात हो उनको पहिलो एल्बम “सङ्केत” जुन अहिले सार्वजनिक हुने तयारीमा रहेको छ |
mahesh-chhetri
उसो त उनले केहि आफ्नो म्युजिक भिडियो बाहिर धेरै अगाडी सार्वजनिक गरिसकेका छन् जस मध्य “दिनमा रातमा” र “लचक लचक” बोलको गीतले दर्शक श्रोताहरुमा राम्रै चर्चा कमायो | यो २ गीत उनको एल्बम “सङ्केत” भित्र नै पर्दछ | त्यहि अन्तरालमा उनले आफ्नो एल्बम “सङ्केत” को पुरा भाग पनि सार्वजनिक गर्ने तयारी गरिरहेका छन् | यस एल्बम भित्र जम्मा ६ वटा गीतहरु समावेश रहेका छन् | उनको यस एल्बममा सुनिल गिरी , दिपक थापा र डी.पी खनालको शब्दको साथमा शंकर थापा , सारन गुरुङ , सुनिल गिरी र स्वयम उनको संगीत समावेश रहेको छ | यस्तै उनको सबै गीतहरुमा उनले नै आफ्नो सुमधुर स्वर भरेका छन् | उनको अनुसार एल्बममा सबै खालका गीतको मिश्रण रहेको छ | दर्शक श्रोताहरुले रोमान्टिक , इमोशनल र रमाइलो सबै खालको गीतको मजा यस एल्बम देखि लिन सक्नु हुनेछ | अबको यस पछिको पाईला उनको निकै सशक्त हुने कुरा उनले बताएका छन् |
mahesh-chhetri
बाल्यकाल देखि नेपाली गीत संगीत प्रतिको रुची र लगावको साथमा उनले गरेको अध्यन र मेहेनत पछि उनले धेरै कुराको ज्ञान समेत हासिल गरेका छन् | रहरले मात्रै होइन केहि नया कुरा र अनुभवको साथमा अगाडी आउनु जरुरी रहेको कुरा उनले बुझेर नै आज दर्शक श्रोताहरुको माझमा आफ्नो पहिलो प्रस्तुतिको साथमा उपस्थित भए | आफुले आफ्नो यो पहिलो एल्बममा धेरै कुराको कमि कमजोरीहरु पनि गरेको हुन सक्ने उनको भनाई छ तर उनले दर्शक श्रोताहरुबाट आएको सबै प्रतिक्रियालाई आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिबध्ता समेत जाहेर गरेका छन् | युवा गायक भएता पनि उनले सबैको मन यतिबेला जिती रहेका छन् | अमेरिकामा बसोबास गर्दै आइरहेका उनले बिदेशी भूमिमा समेत आफ्नो भाषा र कला संस्कृतिलाई बिर्सेका छैनन् | त्यहाँ हुने अधिकाश नेपाली संस्कृतिक कार्यक्रमहरुमा उनको उल्लेखनीय उपस्थिति रहने गरेको छ | गायकको साथमा उनि एउटा राम्रो संगीतकार र कम्पोजर पनि हुन् | उनि यति बेला आफ्नो मात्र नभएर अरुको सांगीतिक यात्रामा समेत सहयोग पुराईरहेका छन् |
mahesh-chhetri
बिदेशी भूमिमा बसेर रगत पसिना बगाएर काम गरिरहदा समेत नेपाली गीत संगीतमा आफ्नो समय खर्चिनु सानो कुरा भने पक्कै पनि होइन | नेपाली गीत संगीतमा केहि नया कुराको उत्पत्ति गराउने कुरामा आफु निरन्तर प्रयास गरिरहने उनको भनाई रहेको छ | अब अगाडीको दिनहरुमा आफ्नो प्रतिभालाई अझै बढी निखार्नुको साथै नेपाली दर्शक श्रोताहरुलाई धेरै राम्रा राम्रा प्रस्तुतिहरु पेश गर्ने कुरा उनले उल्लेख गरेका छन् | यहि हिसाबले उनले नेपाली दर्शक श्रोताहरुबाट धेरै भन्दा धेरै माया अनि साथको अपेक्षा समेत राखेका छन् | तसर्थ उनले देशमा तथा बिदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई सधैब नेपाली गीत संगीत सुनेर आफ्नो प्रस्तुतिहरुलाई हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि अगाडी बढ्नको लागि सल्लहा सुझाबको साथमा हौसला समेत प्रदान गरिदिनुहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: