Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अभिनेता तथा निर्माता रोजा राणाको निर्माणमा तयार हुन लागेको चलचित्र “मेरो पैसा खोई” आज देखि छायांकनको लागि अगाढी बढेको छ । मंगलवार शुभ मुर्हत गर्दै चलचित्र निर्माण पक्षेले छायांकन सुरु गरेको हो । केहि दिन अगाडी मात्र नायिका वर्षा शिवाकोटीले चलचित्र छोडेको कुराले पनि केहि खैलाबैला मच्चाएको थियो । तर यति बेला उनलाई नायिका छुल्ठिम गुरुङले रेप्लेस गरेका छन् । अब चलचित्रमा वर्षा शिवाकोटीको बदलामा उनले काम गर्ने छिन् ।
चलचित्रको निर्देशन बलिउड निर्देशक विवेक शर्माले गर्दैछन् । चलचित्रमा छुल्ठिमसँगै सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहने छ । चलचित्र चन्द्र पन्तको द्वन्द र बसन्त सापकोटाको संगीत समावेश रहने छ । चलचित्र कमेडी जेनेरमा निर्माण हुने कुरा निर्माण पक्षेले जानकारी दिएको छ । निर्माण पक्षेको अनुसार चलचित्रमा बलिउड अभिनेत्री जुही चावला र हाँस्य अभिनेता राजपाल यादवको समेत विशेष भूमिका रहने छ ।

Leave a Reply

%d bloggers like this: