Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी निर्माणको घोषणा गरिएको र त्यस पश्यात अधिकतम चर्चामा रहेको चलचित्र “ब्लाइनड रक्स” को आजबाट छायांकन सुरु भएको छ । जल विनायक स्थित गणेश मन्दिरमा आज बिहानै चलचित्रको शुभ मुर्हत कार्य सम्पन्न गरिएको छ । शुभ मुर्हत कार्यक्रममा निर्देशक मिलन चाम्स , नायिका बेनिषा हमाल , बजार वितरक गोबिन्द शाही लगाएत सम्पूर्ण चलचित्र युनिटको उपस्थिति रहेको थियो । चलचित्रको शुभ मुर्हत पुजाआजा सहित निर्देशक मिलन चाम्सले गर्नुभएको हो ।
blind-rocks
milan-chams
निकेश लिम्बुको निर्माणमा तयार हुन लागेको चलचित्रमा बेनिषा हमाल , अर्पण थापा , अनिल केशरी शाह , गौरी मल्ल , नाजिर हुसेन , शिशिर राना , रितेश चाम्स लगाएतका कलाकारहरुको मुख्य अभिनय रहने छ । चलचित्रमा नवराज कृष्ण थापाको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन , हरि लम्साल र तारा प्रकाश लिम्बुको संगीतको साथमा अर्जुन जिसीको सम्पादन रहने छ । चलचित्रको छायांकन यहि फेब्रअरी ३ देखि हुने जानकारी निर्माण पक्षेले दिएको छ । यस्तै चलचित्रको युकेमा हुने रेड कार्पेटको मिति समय तय भईसकेको छ । चलचित्रको ५ अगस्ट २०१७ मा युकेमा भव्यताका साथ रेड कार्पेट शो हुने कुरा निर्देशक मिलन चाम्सले बताउनु भएको छ । यस्तै चलचित्रमा केहि नया अनि फरक कुराको मिश्रण हुने र चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुको मन छुने विश्वास निर्देशक मिलन चाम्सले उल्लेख गर्नुभएको छ ।

Leave a Reply

%d bloggers like this: