Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते प्रदर्शनको तयारी अवस्थामा रहेको चलचित्र “लभ लभ लभ” ले आफ्नो दुई वटा नया लीरिकल गीत बाहिर सार्वजनिक गरेको छ । एक शब्द सोध्न मलाई बोलको गीतमा शब्द संगीत सुरेश राईको रहेको छ भने सनुप पौडेल र निकिता थापाले उक्त गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । यस्तै अर्को “यदि मनमा माया साचो छ भने ” बोलको गीतमा पनि शब्द संगीत सुरेश राईको नै रहेको छ भने यसमा स्वर भने धर्मेन्द्र सेवान र निकिता थापाको रहेको छ । सार्वजनिक दुवै गीत लीरिकल पार्टमा रहेको छ जुन रोमान्टिकको साथमा रमाइलो जेनेरमा तयार गरिएको छ ।
love-love-love
दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र “लभ लभ लभ” मा सुरज पाण्डे , स्वस्तिमा खड्का , रमेश बुढाथोकी , देशभक्त खनाल , रुप राना , ए गुरुङ , आयान खड्का , गणेश मुनाल , लक्ष्मी भुसाल , शारदा गिरी , सम्झना सिर्पाली , सबिन बास्तोला , घनश्याम लामिछाने , तेज गिरी , भिम मैनाली , सिपि पौडेल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा निरज कंडेलको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन र सूर्या थोकरको एक्शन समावेश रहेको छ । सुरज सिने आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता अमृत पाण्डे हुन् भने चलचित्रको निर्माता भने शर्मिला पाण्डे हुन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: