Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन १३ गते प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लुट २” को सेन्सर पास भएको छ । चलचित्र जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले आईतवार चलचित्रको सेन्सर गरि “पिजी सर्टिफिकेट” प्रदान गरेको चलचित्रको एक निर्माता माधव वाग्लेले बताएका छन् । चलचित्रको सेन्सरको क्रम चलचित्र “लुट २” भित्र समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा सेन्सर बोर्डले रोक लगाएको छ । तर चलचित्रमा केहि हिंसाजन्य दृश्यहरुको मिश्रण भएकोले बालबालिकाहरुले यस चलचित्र हेर्न अभिभावकको सहारा लिनु पर्ने भएको छ ।
loot-2
प्रदर्शन मिति दिन प्रति दिन नजिकिदै गर्दा यति बेला सबैलाई अझै भन्नु पर्दा देशमा तथा बिदेशमा रहनु भएका नेपाली दर्शकहरुलाई चलचित्रको निकै ठुलो पर्खाई रहेको छ । यस्तै यति बेला लुट २ बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको छ । त्यस हिसाबले चलचित्रको प्रचारप्रसार पनि निर्माण पक्षेले व्यापक नै गरिरहेको छ । चलचित्रको ट्रेलर र सार्वजनिक गीतहरुले निकै चर्चा कमाउनुको साथै सबैको मनमा एक किसिमको उत्सुकता समेत उत्पन्न गराएको छ । चलचित्रले निकै ठुलो व्यापार गर्नुको साथै अधिकतम रेकर्ड तोड्ने अनुमान नेपाली चलचित्र क्षत्रका महापण्डितहरुले यति बेला लगाएका छन् । यति बेला सबैले यस किसिमको अनुमान लगाउनु पक्कै पनि स्वाभाविक मानिन्छ किन भने ४ बर्ष अगाडी “लुट २” को पहिलो भाग “लुट” ले ब्ल्क्बस्टर व्यापार गरि नेपाली चलचित्रको इतिहासमा रेकर्ड नै रेकर्ड बनाएको थियो ।
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: