Mon. May 20th, 2024

मनोरंजनसंसार डटकम
फ्लोरमा जनाको लागि तयारी अवस्थामा रहेको चलचित्र “धनपति” को छायाँकार निरज कंडेलको दुर्घटना परेको छ । मोटरसाईकल दुर्घटना परेको उनको हात भाचिएको छ । तसर्थ चिकित्सकले भने उनलाई ७ महिना आराम गर्नुपर्ने निर्देश गरेका छन् । यो हिसाबले चलचित्र “धनपति” को छायांकन चपेटामा पर्ने देखिदा उक्त कुरालाई चलचित्रका निर्देशक दिपेन्द्र के खनालले समाधान गरेका छन् ।
अब छायांकनको लागि उनले आफैले नै क्यामरा चलाउने निर्णय गरेका छन् । निर्देशनको साथमा चलचित्रको छायांकन समेत उनले गर्दा केहि नया कुराको निकाश भन्ने पक्कै आउने देखिन्छ । चलचित्रका निर्माता तथा नायक खगेन्द्र लामिछानेको समन्वय र सल्लहा पछिको सहमतिमा नै निर्देशक दिपेन्द्र के खनालले छायांकनको समेत जिम्मा लिने कुरा पक्का पक्कि भएको कुरा जानकारीमा आएको छ ।
चलचित्र युनिट भोलि देखि छायांकनको लागि तराई जादै छ । चलचित्रले २०७४ को असार २३ गतेलाई विश्वव्यापी रुपमा प्रदर्शनको मिति घोषणा गरिसकेको छ । चलचित्रका खगेन्द्र लामिछानेको अपोजिटमा नायिका सुरक्षा पन्त रहेकी छिन् ।

Leave a Reply

%d bloggers like this: