Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते प्रदर्शन मिति तय गरेको चलचित्र “घामपानी” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “पंक्षी” बोलको गीतमा शब्द संगीत र स्वर कालीप्रसाद बास्कोटाको रहेको छ । गीतलाई अरेन्ज गर्ने काम अल्मोडा राना उप्रेतीले गरेका हुन् । कालीप्रसाद बास्कोटाको यो अर्को हिट नम्बर हुन सक्छ । लोक पप शैलीमा निर्माण गरिएको यस गीतमा प्रयोग भएको शब्द निकै नै सुन्दर रहेको छ । उक्त शब्दहरु र त्यसमा राखिएको संगीतले सबैलाई मन्त्र मुघ्द बनाउने पक्का देखिन्छ । गीत सार्वजनिक भए संगै युटुबमा कमेन्ट गर्नेको ओहिरो लागेको छ । सबैले गीतमा नेपालीपन रहेको र केहि फरक टेस्ट प्रदान गरेको कुरा लेखेका छन् ।
सिनेमा आर्ट प्रोडक्सनको निर्माण र टर्चलाईट प्रोडक्सन र असलेशा इन्टरटेनमेन्टको प्रस्तुतिको रहेको चलचित्रमा दयाहाङ राई , केकी अधिकारी , अंकीत खड्का , सिल्सा जिरेल , प्रकाश घिमिरे , पुस्कर गुरुङ , बुद्धि तामाङ , कविता आले , अरुण कार्की , आमोघ पोखरेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
चलचित्रलाई सैलेन्द्र डी कार्कीले खिचेका हुन् । यस्तै चलचित्रको इडीटिङको काम निमेष श्रेष्ठले गरेका छन् भने चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्र कुमार दोङको संगीत रहेको छ । चलचित्रका सह निर्मातामा अर्जुन कार्की र मणिराम पोखरेल रहेका छन् भने रामबाबु गुरुङ चलचित्रका कार्यकारी निर्माता हुन् । ओम गुरुङ , सैलेन्द्र डी कार्की र विश्वो गौचन चलचित्रका निर्माता हुन् । चलचित्रको लेखन तथा निर्देशन गर्ने काम दिपेन्द्र लामाले गरेका छन् । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: