Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र दोलखाको कालिन्चोकको चिसो मौसममा छायांकन सकिएको चलचित्र “राधे” को गीत सार्वजनिक भएको छ । मलाई माफ गर प्रिया बोलको उक्त गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने स्वर अभिजितको रहेको छ । कृष्ण श्रेष्ठको छायांकनमा नृत्य निर्देशक रामजी लामिछानेको कोरियोग्राफीमा नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीले अत्यन्त सुन्दर नृत्य प्रस्तुत गरेका छन् । उनीहरु बिचको सुन्दर माया प्रेमलाई उक्त गीतमा हामी हेर्न सक्छौ ।
चलचित्रको उक्त गीतमा कालिन्चोकको सुन्दर रमणीय दृश्यहरुलाई निकै राम्रो ढंगले कैद गर्न खोजिएको छ । उक्त गीत हेर्न कुनै पनि दर्शकहरुको मन लोभिने सक्ने ठुलो सम्भावना रहेको छ । सुशील पोखरेलको निर्माणमा बनेको चलचित्रलाई जगदिश्वर पोखरेलले निर्देशन गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: