Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
सुपरियल फिल्मसको ब्यानरमा चलचित्र “निसाफ” को निर्माण हुने भएको छ । विवेक सापकोटाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रमा लिड रोलमा भने अनुप बिक्रम शाही अनुबन्दित भएका छन् । चलचित्रमा अनुप संगै सरोज खनाल, ध्रुब कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुतिमा साधना सिलवाल, शिशिर भट्ट सगुन थापा लगायतको मुख्य अभिनय रहने छ ।
चलचित्रमा दिव्य सुवेदीको छायाँकन , मनोज चौलागाइको संगीत, श्री श्रेष्ठको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन रहने छ । चलचित्र फाल्गुन ५ गते देखि छायांकनको लागि प्रस्थान हुने जानकारी निर्माण पक्षेले दिएको छ ।
हाम्रो समाजमा अहिले देखिएको अपराधिक घटना क्रमलाई नै मुख्य बिषय बस्तु बनाएर चलचित्रको निर्माण हुने लागेको हो । यस्तै चलचित्रमा माया प्रेमको पनि केहि खुराकहरुको मिश्रण रहने कुरा निर्माण पक्षेले बताएको छ |

Leave a Reply

%d bloggers like this: