Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गते देखि प्रदर्शन आउने तयारी गर्दै केहि समय अगाडी मात्र आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको चलचित्र “लप्पन छप्पन” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “माया बढ्यो झन् झन्” बोलको गीतमा शब्द संगीत र स्वर दिपक आर.जे रहेको छ । अलिक फरक र रमाइलो फ्लेवरमा तयार गरिएको गीतलाई दर्शकहरुले मनपराउन थालेका छन् । गीत सार्वजनिक भए संगै युटुबमा अनेक कमेन्ट बर्षीन थालेका छन् । सबैले निकै नै राम्रो गीतको संज्ञा उक्त गीतलाई दिएका छन् ।
lappan-chappan
यसो त चलचित्रको केहि समय अगाडी सार्वजनिक ट्रेलरले पनि निकै राम्रो चर्चा नेपाली दर्शकहरुको माझमा बटुलिरहेको छ । अबको नेपाली चलचित्रमा केहि आमुल परिवर्तन यस चलचित्रले पक्कै पनि लिएर आउछ भन्ने विश्वास धेरै दर्शकहरुले राखेको देखियो । चलचित्रको फरक प्रस्तुति यसको साथमा कलाकारहरुको फरक लुक्स र लोकेशनको दृश्यको मिश्रणले चलचित्रलाई दर्शकहरुले हेर्न शैलीमा नै धेरै परिवर्तन लिएर आएको छ । यति दर्शकहरुलाई चलचित्रकी अधिक पर्खाई रहेको पाईएको छ । यहि हिसाबले चलचित्र टिम पनि यति बेला जोडतोडले प्रचार प्रसारमा दौडीरहेको छ । कलाकारहरुले पनि प्रचार प्रसारमा धेरै साथ दिइरहेको निर्माण पक्षेले बताएको छ ।
lappan-chappan
चलचित्रलाई निर्माता डम्बर चन्दले निर्माण गरेका हुन् । चलचित्रको बिषयमा बोल्दै उनले भने चलचित्र हेर्न लाएक बनेको छ । कसै पनि मनलाई चलचित्रलाई निराश नबनाउने उनको विश्वास रहेको छ । चलचित्रको निर्माणमा आफुहरुले कुनै पनि किसिमको कमि कमजोरीहरु नछोडेको र सक्दो कथालाई न्याय गर्दै दर्शकहरुको चाहनालाई पनि एकदमै ध्यान दिएर केहि नया कुरा दर्शकहरुलाई दिने प्रयास आफु लगाएत आफ्नो टिमले गरेको कुरा उनले उल्लेख गरेका छन् ।
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । यस्तै चलचित्रका सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतम हुन् । चलचित्रका निर्देशक मुकुन्द भट्ट हुन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: