Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
माघ २८ गतेको प्रदर्शन मिति तय गर्दै यति बेला चलचित्र “डाईङ क्यान्डल” प्रचार प्रसारमा उत्रेको छ । चलचित्रको अहिले व्यापक रुपमा चर्चा भईरहेको छ । चलचित्रले आफ्नो ट्रेलर केहि समय अगाडी नै सार्वजनिक गरिसकेको छ । सार्वजनिक ट्रेलरमा हामी केहि सस्पेन्सको साथमा नया अनि पृथक कहानीको मिश्रण देख्न सक्छौ । चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुको मन जित्ने प्रवल सम्भावना देखिन्छ ।
उत्तम फिल्म्स , नेसनल मिडिया र मदर प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सृजना सुब्बा , लाक्पा सिंगी तामाङ , सौगात मल्ल , अर्पण थापा , बिद्या कार्की लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नरेश कुमार गौतमले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने उत्तम केसी , रबिन आचार्य र बिमल सुबेदी रहेका छन् । चलचित्रमा विवेक ओझाको शब्द र रोशन राज थापा ( आधा-सुर ) को संगीत समावेश रहेको छ ।
चलचित्रमा बिशेष गरि दिदी भाईको घनिष्ट मायालाई केन्द्रित गरिएको छ । यसै गरि चलचित्रमा हाम्रो समाजको चलन चल्तीको कुराहरुलाई समेत प्रस्तुत गर्न खोजिएको छ । चलचित्रको कथा वस्तु निकै पृथक र बलियो भएकोले पनि दर्शकहरुको मन छुने कुरा निर्माण पक्षेले बताएको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: