Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी देखि चर्चामा रहेको तर प्रदर्शन मितिको झमेलामा परेको चलचित्र “कारखाना” ले अन्तत आफ्नो अन्तिम प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब आउदो बर्षको जेठ ५ गते देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ । चलचित्रले रिलिज मितिको घोषणा संगै आफ्नो पहिलो पोस्टर समेत सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा हामी चलचित्रका नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाकोटीलाई देख्न सक्छौ । चलचित्रले आफ्नो गीतहरु पनि केहि समय अगाडी नै दर्शकहरु माझमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक गीतहरु प्रति दर्शकहरुको राम्रो प्रतिक्रिया रहेको छ ।
देव फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुशील र वर्षा संगै नबिन लम्साल , जेबिका कार्की , बिकाश उप्रेती , सुपि थापा , रजक शाही , सौगात धिताल , घनश्याम गिरी , सुजित केसी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा चन्द्र पन्तको द्वन्द , कविराज गहतराजको नृत्य र अनिल शाह , हर्कुलेस बस्नेत र कल्याण सिंहको संगीत रहेको छ । चलचित्रको स्क्रिन्प्ले र संवादहरु अमरदीप सापकोटा , दयाराम दाहाल र सुशील पोखरेलले तयार गरेका हुन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन भने अमरदीप सापकोटाले गरेका छन् ।
रोमान्टिक र सस्पेन्स थ्रिलर जेनेरामा तयार भएको चलचित्रलाई सुदिप खड्का र अमर बज्राचार्यले मिलेर निर्माण गरेका हुन् । सुर्यांश खड्का र समर्पण बज्राचार्य चलचित्रका सह निर्माता हुन् । चलचित्रको गीत संगीतले निकै नै राम्रो चर्चा यति बेला नेपाली बजारमा पाईरहेको छ । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ ।
हेर्नुस टिजर :

हेर्नुस गीत :


Leave a Reply

%d bloggers like this: