Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
आकाश पलको प्रस्तुति रहेको चलचित्र “कुम्भ करण”ले आफ्नो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा केहि सस्पेन्स कथाको ब्याख्या भएको देखिन्छ । चलचित्रमा भोला राज सापकोटा , निशा अधिकारी , गौरव पहारी , अभय बराल , आकाश पल , कुलदिप अधिकारी , कमल गाउँले , प्रतिभा क्षत्री , सदभाव थापा लगाएतकाको कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा हरि घले लामाको छायांकन , गोविन्द मधुर अचार्य , बिनोद ढकाल र जयन वाईबाको संगीत र सुरेन बसेलको नृत्य निर्देशन रहेको छ । चलचित्रको कथा लेखनको काम भने महेश दवाडीले गरेका छन् । दिपक ओलीको निर्देशनमा तयार भएको चलचित्रका निर्माता तर्फ भने क्षितिज बस्नेत रहेका छन् ।
चलचित्रको सार्वजनिक टिजरले चलचित्रमा केहि नयापनको मिश्रण भएको संकेत गर्दछ । अलिक फरक कथा र बिषय बस्तुलाई चलचित्रले उठाउने खोजेको कुरा पनि यहाँ देखिन्छ । अब समग्रमा चलचित्र कस्तो बनेको छ र दर्शकहरुको मन जित्न सक्ने हो कि होइन भनेर जान्नको लागि भने सबैले केहि समय पर्खिनै पर्ने हुन्छ ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: