Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नेपालका एक्शन नायकको रुपमा निखिल उप्रेतीले आज भन्दा धेरै समय अगाडी “पिंजडा” नामक नेपाली चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका थिए । उनको आगमनले नेपाली चलचित्रको माहोल र नेपाली दर्शकहरुको हेराईमा धेरै परिवर्तन समेत लिएर आयो । अब पुन उक्त चलचित्रको नामलाई जोडिएर अर्को चलचित्र “पिंजडा ब्याक अगेन” को निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
फर्केर हेर्दा चलचित्र “पिंजडा” बाट नै नेपाली चलचित्रमा एक्शनको नयापनको सुरुवात भएको मान्न सकिन्छ । निखिलले उक्त चलचित्रमा ७ तलाबाट हाम फालेको घटना अझै सम्म पनि नेपाली दर्शकहरुको मन मस्तिष्कमा ताजा नै छ । यसै गरि अब निर्माण हुन लागेको यस चलचित्र पनि एक्शनमा केन्द्रित हुने कुरा निर्माण पक्षेले बताएको छ । भरपुर एक्शनको साथमा पारिवारिक घटना र प्रेम सम्बन्धको कुराको मिश्रण समेत चलचित्रमा हुने कुरा बताईएको छ ।
निर्देशक हिमाल केसीको निर्देशनमा तयार हुन लागेको चलचित्रमा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराइ, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ, ज्याक श्रेष्ठ लगायतको कलाकारहरुको मुख्य अभिनय रहने छ । यस्तै चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन , सौरभ लामाको छायांकन र महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहने छ ।
श्रीराम बरालको प्रस्तुति रहेको चलचित्रको निर्माता तर्फ भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र अधिकारी रहेका छन् । सुशान्त श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति समेत अहिले नै तय गरिएको छ । चलचित्र आउदो बर्षको दशैंमा प्रदर्शनमा आउने जानकारी निर्माण पक्षेले गराएको छ ।

Leave a Reply

%d bloggers like this: