Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन यता अहिलेकी सफल नायिकामा गनिने प्रियंका कार्की कालिन्चोकमा चलचित्र “राधे” को गीतको छायांकनको क्रममा बेहोस भएको खबरले नेपाली बजार खुबै ततायो । तर उनको स्वास्थ्य स्थितिमा सुधार आए पश्च्यात अहिले भने चलचित्रको उक्त गीतको छायांकन सकिएको छ । चलचित्र निर्माण पक्षेले उक्त गीतको छायांकनको केहि तस्बिरहरु बाहिर सार्वजनिक गरेको छ जसमा हामी नायक निखिल उप्रेती र नायिका प्रियंका कार्कीको रोमान्सलाई हेर्न सक्छौ ।
radhe
अधिक चिसो मौसमको अवस्थालाई समेत सामना गरेर चलचित्र युनिटले त्यहाँ राम्रो हिसाबले छायांकन गरेको छ । यसमा चलचित्रको कलाकारहरुले पनि अधिक मेहेनत गरेको देखिन्छ । यो हिसाबले चलचित्रको निर्माणमा कुनै पनि किसिमको कमि कमजोरीहरु आफुहरुले नछोडेको कुरा निर्माता सुशील पोखरेलले बताएका छन् ।
radhe
चलचित्रमा निखिल र प्रियंका संगै अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: