Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
यति बेला नेपाली गीत संगीतमा नया कलाकारहरुको आगमन निकै बढेर आएको छ । यस हिसाबले नेपाली गीत संगीतमा नयापन पनि थपिदै गईरहेको हामी देख्न सक्छौ । तर केहि अनुभव र ज्ञान हासिल नगरेर यस क्षत्रमा मात्र रहरले आउनु व्यक्तिहरुको पनि हामी माझ लामो सुची रहेको छ जसको परिचयको सानो टुक्रा पनि नेपाली दर्शक श्रोताहरुको मन मस्तिस्कमा पर्न सकेन । तर बरु केहि समयको अवधि लिएर केहि नया र राम्रो प्रस्तुति बाहिर लिएर आउने व्यक्तिहरुको पनि कमि भने यहाँ छैन । उचित ज्ञान मेहेनत लगावको साथ नेपाली गीत संगीतमा आफ्नो पाईला राख्ने व्यक्तिहरुको पनि यति बेला आगमन तिब्र नै छ । अझै भन्नु पर्दा देशबाट भन्दा विदेशबाट हाम्रा नेपाली युवाहरु हाम्रो देशको नेपाली गीत संगीत प्रति बढी आकर्षित रहेका छन् । यस्तै नयापन धेरै लामो समयको परिश्रम र लगावको साथमा नेपाली गीत संगीतमा आफ्नो पहिलो पाईला राख्ने तयारीमा रहेका छन् गायक तुल साम्सोहाङ राई ।
tul-samsuhang-rai
tul-samsuhang-rai
उनि यति बेला अमेरिकामा रहेका छन् । उनले त्यहाँ आफ्नो जिविको पार्जनको लागि धेरै मेहेनत समेत गर्नुपरेको छ । त्यसको अलावा समेत उनले नेपाली गीत संगीतमा आफ्नो तर्फ देखि पर्याप्त समेत दिइरहेका छन् । उनि यति बेला आफ्नो नया एल्बम नेपाली दर्शक श्रोताहरुको माझमा लिएर आउने तयारीमा जुटेका छन् । सोहि एल्बमको एउटा गीतको रेकर्डिङ कार्य सकिएको छ । “दिन बित्छ पर्खाईमा” बोलको गीतमा शब्द बिकु दादा र संगीत किरण गजमेरको रहेको छ । सोलो एल्बम अन्तर्गत गायक तुल साम्सोहाङ राईकै स्वरमा सजिएको यस गीतलाई मोहित मुनालले अरेन्ज गरेका छन् । गीतलाई अमेरिकाको साउथ डकोटा स्थित “सुर” स्टुडियोमा रेकर्डिस्ट पबिधान खालिङद्वारा रेकर्ड गराईएको हो । यसका साथै गायक तुल साम्सोहाङ राईले आफुलाई यस काममा मदत गर्नुहुने सबैलाई हृदय देखि नै धन्यवाद ज्ञापन समेत गरेका छन् ।
tul-samsuhang-rai
tul-samsuhang-rai
आफ्नो एल्बमको काम अब सक्न लागेको कुरा उनले जानकारी दिएका छन् । अधिकांश गीतहरु रेकर्डिङ भईसकेको र अन्तिम चरणको केहि कामहरु बाँकी रहेको हुदा अब छिट्टै नै नेपाली दर्शक श्रोताहरुले आफ्नो नया एल्बमको मजा लिन पाउनु हुने उनको भनाई रहेको छ । धेरै नया कुराको मिश्रण गरेर केहि फरक प्रस्तुति दर्शक श्रोता माझमा पेश गर्ने कोशिश गरेको उनले बताएका छन् । उनले अमेरिकामा रहेर पनि बखुबी नेपाली गीत संगीत र कला संस्कृतिको जगेर्ना गर्ने काम गरिरहेका छन् । उनको नेपाली दर्शक श्रोताहरुको लागि निर्माण भएको सोलो एल्बम र उनको प्रस्तुति कस्तो रहने छ भनेर जान्नको लागि भने केहि समय सबैले पर्खिनै पर्ने हुन्छ । उनले विदेशबाट नै सबै नेपालीहरुलाई नेपाली गीत संगीतलाई माया अनि सम्मान गर्नुस भनि अनुरोध गरेका छन् । यस्तै जहाँ रहे पनि हामीमा नेपालीपन हुनु पर्ने विश्वास राख्ने उनले सधैब नेपाल र नेपाली गीत संगीत र कला संस्कृतिको लागि पहल गर्ने र यसको विकास अनि प्रवर्धनमा आफ्नो योगदान दिईनै रहने प्रतिबध्ता जाहेर गरेका छन् ।

Leave a Reply

%d bloggers like this: