Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र निर्माणको घोषणा गरेको चलचित्र “धनपति” ले आफ्नो प्रदर्शन मिति समेत तय गरेको छ । चलचित्र यहि आउदो असार २३ गते प्रदर्शनमा आउने जानकारी निर्माण पक्षेले दिएको छ । चलचित्र निर्माण पक्षेले एक प्रेस विज्ञप्ती जारी गर्दै माघ २७ गतेबाट चलचित्र छायांकनको लागि फ्लोरमा जाने कुरा समेत बताएको छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन दिपेन्द्र के खनालले गर्नेछन् । उनले यस अघि “पशुपतिप्रसाद” जस्तो सर्भादिक सफल चलचित्र बनाएर दर्शकहरुको माझमा आफ्नो छुट्टै पहिचान बनाउनुको साथै विभिन्न अवार्ड र पुरस्कारबाट सम्मानित समेत भईसकेका छन् । यस्तै यस चलचित्रमा पनि उनको साथमा चलचित्र “पशुपतिप्रसाद” को टिमको संलग्नता रहेको ।
चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त लिड अभिनयमा हुनेछन् । चलचित्रकी निर्मात्री रोजिना सिटौला हुन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् ।

Leave a Reply

%d bloggers like this: