Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
अहिलेको नेपालको चलचित्र क्षत्रलाई हेर्दा धेरै कुराको अनुभति सबैलाई हुन सक्छ । पहिलेको तुलनामा नेपाली चलचित्रको विकास र परिवर्तन हुनुमा धेरै तत्वहरुको मेल छ । यहि तत्वहरु मध्य एक हो कलाकार । चलचित्रमा सबैकुरा संगै कलाकारहरुको पनि अधिकतम ठुलो भूमिका हुने गरेको छ । तसर्थ यति बेला नेपाली चलचित्र जगतमा समावेश कलाकारहरुको अभिनय र प्रस्तुतिको नेपाल बाहिर समेत चर्चा भईनै रहेको छ । यसो त धेरै अगाडी देखि नियालेर हेर्दा हाम्रो नेपाली चलचित्र क्षत्रमा विभिन्न पेशा अनि भिन्न क्षत्रका व्यक्तिहरु पनि कलाकारितामा अग्रसर भएको हामी हेर्न सक्छौ । यसै गरि उनीहरुले आफ्नो कलाले नेपाली दर्शकहरुको माझमा आफ्नो पहिचान पनि स्थापित गरिसकेका छन् । र अहिले आएर पनि विभिन्न क्षत्रका व्यक्तिहरुको कलाकारको परिचय सहित हाम्रो नेपाली चलचित्र जगतमा आगमन तीव्र भईरहेको छ । यसै भित्रको एउटा नाम हो अनिल केशरी शाह । उनलाई हामी कलाकार भन्दा अघि एक प्रतिष्ठित व्यक्तिको रुपमा चिन्न सक्छौ । उनि पेशाले नेपालको सफल ब्यांक मेघा ब्यांकको तत्कालिन सि.ई.ओ हुन् ।
उनले धेरै कुराको अनुभव आफ्नो जीवनमा गरिसकेका छन् । ब्यांकको कारोबारी क्षत्रमा उनले अधिक सफलता हात पारिसकेका छन् । यहि हिसाबले उनले आफु भित्र रहेको कलाकारिताको प्रतिभालाई पनि यति बेला बाहिर लिएर आउने जमर्को गर्दै छन् । यति धेरै कुराहरुको विश्लेषण भईरहदा प्रशंगको चलचित्र “ब्लाइनड रक्स” को । चाम्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा मेघा ब्यांकको तत्कालिन सि.ई.ओ अनिल केशरी शाहको पनि मुख्य भूमिका रहेको कुरा बाहिर खुलाशा भएको छ । निर्देशक मिलन चाम्सको अनुसार चलचित्र भित्र उनको मुख्य रोल छ । एउटा कर्पोरेट क्षत्रमा यति धेरै सफलता पछि अहिले आएर नेपाली चलचित्र क्षत्रमा पनि उनको संलगनताले केहि नया आयाम नेपाली चलचित्रमा थप्न सक्ने अनुमान लगाउन सकिन्छ ।
हेर्दै ड्यासिङ देखिने उनको स्वरूप र उनको व्यवहारले धेरै व्यक्तिहरुको मनमा उनको लागि सम्मान र माया भरिदिएको छ । यसो उनले धेरै अन्तर्वार्ताहरुमा नेपाली चलचित्र क्षत्र प्रति आफ्नो लगाव निकै धेरै रहेको अभिव्यक्ति समेत दिइरहेका हुन्छन । अब उनको अभिनयको प्रतिभाले कति दर्शकहरुको मन जित्ने हो त्यसको लागि भने सबैले केहि समय पर्खिनै पर्ने हुन्छ ।
निकेश लिम्बुको निर्माणमा तयार हुन लागेको चलचित्रमा बेनिषा हमाल , अर्पण थापा , अनिल केशरी शाह , गौरी मल्ल , नाजिर हुसेन , शिशिर राना , रितेश चाम्स लगाएतका कलाकारहरुको मुख्य अभिनय रहने छ । चलचित्रमा नवराज कृष्ण थापाको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन , हरि लम्साल र तारा प्रकाश लिम्बुको संगीतको साथमा अर्जुन जिसीको सम्पादन रहने छ । चलचित्रको छायांकन यहि फेब्रअरी ३ देखि हुने जानकारी निर्माण पक्षेले दिएको छ । यस्तै चलचित्रको युकेमा हुने रेड कार्पेटको मिति समय तय भईसकेको छ । चलचित्रको ५ अगस्ट २०१७ मा युकेमा भव्यताका साथ रेड कार्पेट शो हुने कुरा निर्देशक मिलन चाम्सले बताउनु भएको छ । यस्तै चलचित्रमा केहि नया अनि फरक कुराको मिश्रण हुने र चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुको मन छुने विश्वास निर्देशक मिलन चाम्सले बताउनु भएको छ ।

Leave a Reply

%d bloggers like this: